• आइतबार-माघ-२७-२०८१

सबैभन्दा कनिष्ठ सचिव सिंह तीन महिना नपुग्दै बने गृह सचिव : गुप्तचरकाे आइजीपीमा थापाकाे बढुवा

विनोद प्रकाश सिंह र आईजीपी हुतराज थापा

काठमाडाैं । निर्वाचनकाे मुखमा गृहसचिव टेकनारायण पाण्डे अन्यत्र फालिएका छन् । सचिव पाण्डे २०७८ साल श्रावण २७ गते गृह सचिवमा सरूवा भएका थिए । गृहकाे अनुभव नभएतापनि गृह  मन्त्री बालकृष्ण खाणले राेजेर गृहमा भित्र्याएका पाण्डेले  ठ्याक्कै १३ महिना गृहमा रहने अवसर पाए । 

 

सुरक्षा, समन्वय र निर्वाचनकाे अत्यन्त महत्वपूर्ण समयमा सबै ७२ जना सचिव(विशिष्ट श्रेणी) मध्ये भर्खरै सचिवमा बढुवा भएका विनोद प्रकाश सिंह शक्ति केन्द्र र 'सुप'काे साेर्सफाेर्सकाे बलमा सम्भवत २०७९ पुस महिनासम्मका लागि  गृह सचिव बन्ने साैभाग्य प्राप्त गरेका छन् । कनिष्ठ सचिव  विनोद प्रकाश सिंहलाई गृह सचिवमा ल्याएपछि गठबन्धन सरकार निर्वाचन धाँधली गर्ने वातावरण बनाइरहेछ भन्ने टिप्पणी विपक्षी दलका नेताहरूले गर्न थालेका छन् । 

 

विनोद प्रकाश सिंह २०७९ असार ६ गते बढुवा भएर प्रदेश नं १ काे मुख सचिवमा पदस्थापना भएका थिए । गृह मन्त्री खाण र प्रधानमन्त्री निवास बालुवाटारकाे भिटाे प्रयाेग गरेर सबैभन्दा कनिष्ठ सचिव भएतापनि  विनोद प्रकाश सिंहले बाजी मारेका छन् । 

 

  २०७९ भदाै २७ गते साेमबार बेलायती महारानीकाे निधनमा शाेक मनाइरहेकाे दिनमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले अन्य सचिवहरूकाे पनि सरूवा गरेकाे छ ।  सरूवा हुनेमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगका सचिव  तोयम रायकाे सरूवा भएकाे छ र अख्तियारकाे सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका रामप्रसाद घिमिरे र वाणिज्य सचिवमा तोयम रायकाे सरूवा गरिएकाे छ ।

 

गृह सचिव टेकनारायण पाण्डे र वाणिज्यका सचिव डा. गणेश प्रसाद पाण्डेयको प्रधानमन्त्री कार्यालयमा थान्काे लगाइएकाे छ । कुनै काम बिना नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाल सात जना सचिवलाई थान्काे लगाएर राखिएकाे छ ।


 गुप्तचरकाे प्रमुखमा थापा


 आज २०७९ भदाै २७ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले राष्ट्रिय अनुसन्धान  विभाग(गुप्तचर)का प्रमुख यदुलाल खरेलले भदाै २८ गतेबाट अनिवार्य अवकाश हुने भएसँगै सरकारले  साे विभागका  एआईजी हुतराज थापालाई प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

थापा विभागकाे तीन वर्ष प्रमुख हुने छन् । राज्य व्यवस्था समितिमा छलफलमा रहेको ऐनमा राखिएको चार वर्षे व्यवस्था पास भएको अवस्थामा थप एक वर्षसमेत उनले खान पाउनेछन् । विभागकाे रिक्त एआईजीमा टेकेन्द्र कार्कीकाे बढुवा भएकाे स्राेत बताउछ।

प्रतिकृया दिनुहोस