• बिहीबार-बैशाख-६-२०८१

गरुड दल गणमा बसेर सिपाहीकाे शाेषणा गर्ने गणपतिबारे छानविन गरियाेस्

  २०७९ वैशाख ३० गते सम्पन्न भएकाे  स्थानीय निर्वाचनकाे सुरक्षाका लागि फिल्डकाे डिउटी खटिने सेनाका लागि नेपाली सेनालाई उपलब्ध गराएकाे सुरक्षा खर्चमा केही गणपतिहरूले अनियमित  रूपमा खर्च गरेकाे गुनासाे डिउटीकर्ताहरूले गरेका छन् । नेपाली सेनाकाे हेडक्वार्टरले निर्वाचनमा खटिने सैनिक जनशक्तिका लागि कति वटा गणमा कति रकम पठाएकाे थियाे ? सेनाले पठाएकाे चुनावी सुरक्षाको पैसा सार्वजनिक भएको छैन ।

 

गरुड दल गण, बुटबलका तत्कालीन गणपति रामकृष्ण श्रेष्ठ १८  लाख रुपैयाँ मध्ये रू.  २५  हजारका दरले साे गणका केही अधिकृतहरूलाई दिइयो हामी रात दिन घामपानी भोकनिद्रा नभनीकन अहोरात्र खटिने नेपाली सेनाका जवानहरूलाई जम्मा २ हजारका दरले वितरण गरियो र अरू सबै पैसा गणपतिले पचाएकाे पीडित सैन्यहरूले गुनासाे गरेका छन् ।

 

गरुड दल गण, बुटवलबाट सरूवा भएर हिंडेका  गणपति  रामकृष्ण श्रेष्ठले साे गणलाई कंगाल बनाएर हिंडेकाे  पीडितहरूले गुनासाे गर्दै साे गणले स्थानीय निर्वाचनमा सुरक्षाका लागि सैनिक परिचालन गर्दा भएकाे खर्चकाे सत्यतथ्य नेपाली सेनाकाे हेडक्वार्टरबाट गरियाेस् भन्ने माग गरेका छन् ।


 गणपति रामकृष्ण श्रेष्ठले प्रत्येक  सिपाहीकाे राशन र स्केलकाे खसीको मासुमा समेत सिपाहीकाे गाँस खाेसेकाे गुनासाे गरेका छन् । पीडितहरूका अनुसार, स्केल भएको दिन खसीकाे फल मासु जति   गणपतिको भान्छातिर लगेर सुकाएर सुकुटी बनाएर घर पठाउने काम  एकजना प्यूठलाई दिएका  थिए ।


   प्र. से. गणपति रामकृष्ण श्रेष्ठ  जवानहरूलाई बारी खन्न लगाई  तरकारी फलाई घर र आफ्ना आफन्तहरूलाई पठाउने कार्य समेत गरेका थिए ।


राशनकाे स्केल अनुसार, सिपाहीका लागि प्राप्त हुने खसीको मासु छानीछानी गणपतिकाे भान्छामा पुर्याइन्थ्याे । सिपाहीकाे गाँस  माेसेर त्यसरी राशनकाे मासु  प्रत्येक महिनाकाे लगभग सय केजी  गणपतिकाे भान्छामा  जान्थ्यो । कुखुराको मासु त झन कति हो  कति हिसाव नै छैन  ।


 कसैलाई त रासन काण्ड पनि लाग्छ भन्थें । हाम्रा गणपति रामकृष्ण श्रेष्ठलाई रासन हिनामिना काण्ड लाग्दैन किन ? गणपति रामकृष्ण श्रेष्ठको भान्छामा प्रत्येक महिना कति नगद र मासु जान्थ्यो भन्ने कुरा छानविन गरेमा जवान भान्छाबाट त्यो सबै रेकर्ड गणको स्टोर मेन हुद्दा प्रभात भण्डारीसँग सुरक्षित नै हाेला ।


 राशनमा  गणपतिले मनलाग्दी गर्ने अनि प्रत्येक महिना अर्काे  रू. ४ लाख खर्च गणपति भान्छामा किन गयाे ? यसकाे पनि छानविन हाेस् ।  अर्काे कुरा नेपाली सेनामा वर्षको  २ पटक १५/१५ दिनकाे गरी प्रत्येक व्यक्तिलाई एक  महिनाको रासनको पैसा दिने सिस्टम छ ।  तर, गणपति रामकृष्ण श्रेष्ठ उनको पालामा त्यो पैसा पनि पाईएन ।

 

यसरी सिपाहीकाे शाेषण गरेर सरूवा भएका गरुड दल गण, बुटबलका तत्कालीन गणपति रामकृष्ण श्रेष्ठकाे कार्यकालकाे सम्पूर्ण छानविन हाेस् भन्ने माग गर्दछाैं ।


  पीडित सिपाही तथा विल्लादारहरू नेपाली सेना गरुड दल गण, बुटबल  

 

प्रतिकृया दिनुहोस