• सोमबार-असोज-१४-२०८१

Mali मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाण्डाैं। संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खटिएर शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

 

सोही क्रममा, २०७९ भाद्र ०७ गते UNITED NATIONS MULTIDIMENSIONAL INTEGRATED STABILIZATION MISSION IN MALI (MINUSMA), मालीमा तैनाथ ई.ओ.डि. गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि ई.ओ.डि. गुल्म (शान्ति सेना) नवौं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी विवेक काफ्लेको नेतृत्वमा मालीतर्फ प्रस्थान गरेको छ।

 

प्रमुख सेनानी काफ्लेको नेतृत्वमा ८० जना नेपाली शान्ति सैनिकहरु UN Chartered Flight (Nepal Airlines Airbus A-320) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको हो ।

 

प्रतिकृया दिनुहोस