• बिहीबार-बैशाख-१३-२०८१

भन्सार नाकाहरूमा बढ्दाे छ तस्करी

 


काठमाडाैं । २०७८ र २०७९ सालमा नेपालका भन्सार नाकाहरूबाट भन्सार छली र तस्करी गरेर मालसामान आयात अधिक हुने गरेकाे पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेकाे आंकडा केलाउने हाे भने गठबन्धन सरकार बनेपछि तस्करहरू चम्किएर तस्करी बढेकाे कुरा हरेक दिन पक्राउ परेका घटनाले पुष्टि गर्छ ।

 


   २०७९ साउन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटिएको  प्रहरी टोलीले  जिल्ला धनुषा ज.उ.म.न.पा. वडा नं. २ गिर्जा हलस्थित सवारी साधनहरू चेकजाँच गर्ने क्रममा जिल्ला धनुषा कमला न.पा. वडा नं. ४ वस्ने वर्ष ३० को जितेन्द्र कुमार यादवले चलाई ल्याएका ज.४. प. ३२२७ नं. को मो.सा. रोकी  उक्त मो. सा. पछाडी सवार शशी कुमार यादवले बोकेको रातो कपडको झोला चेक जाँच गर्दा  भरतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका मूल्य रु. ७०,०००/- बराबरको मोवाईलका समानहरू बरामद भएको गरेकाे छ ।


  निज दुवै जनालाई बरामद भएको सामानहरूसहित प्रहरीले नियन्त्रणमा लिएकाे छ ।  २०७९ साउन २० गते जिल्ला धनुषा ज.उ.म.न.पा.-४ स्थित  भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएका मूल्य रु. ४१,०००/- बराबरको छोकडा लगायतका समानहरू बेवारिसे अवस्थामा फेला पारेको छ ।

 

बरामद गरिएका तस्करीका सामानकाे मूल्यांकन रू. १,१०,०००।- बराबर रहेकाे प्रहरीले बताएकाे छ ।  प्रहरीले नियन्त्रणमा लिएका दुवै जना मानिस र तस्करीका सामान समेतलाई आवश्यक कार्वाहीको लागि २०७९ साउन २० गते भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरीले बताएकाे छ ।

प्रतिकृया दिनुहोस