• शनिबार-बैशाख-८-२०८१

बाघको छाला र हड्डीसहित चार पक्राउ

सुदूरपश्चिम।कैलालीको गोदावरी नगरपालिका–२ को पानी ट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले आज बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ ।

 

डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिकाका टेकबहादुर रावत र धिरेन्द्र रावतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताउनुभयो । पक्राउ परेका यी चार जनाको मिलेमतोमा बिक्री गर्ने उद्देश्यले बाघको छाला र हड्डी ल्याउँदै गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस