• सोमबार-असार-२३-२०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 


सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस