• मंगलबार-बैशाख-११-२०८१

यस्ता नेताले कसरी जित्लान् मतदाताको मन ?

सरकारले संसदीय चुनावको मिति घोषणा नगरेको भए पनि चुनावको हावा चाहिं मज्जाले चल्न थालेको छ । यसै क्रममा चुनावमा कसलाई जिताउनुपर्छ र कसलाई हराउनुपर्छ भन्ने विषयमा टिकाटिप्पणी र बहसहरु हुनथालेका छन् । 


विगतमा मुलुकको नेतृत्व सम्हाल्ने अवसर पाएका नेताहरुलाई दोहो¥याएर नेतृत्वमा पु¥याउनुभन्दा नयाँ नेतृत्वलाई जिम्मेवारी दिनुपर्छ भन्ने आवाज समेत जोडतोडले उठिरहेको छ । विगतमा मुलुकको नेतृत्वमा पुगेका नेताले आफू नेतृत्वमा पुगेका बेलामा राष्ट्रको हित हुने काम के के गरे र दलको नेताको रुपमा उनीहरुको अहिलेसम्मको भूमिका कस्तो छ भन्नेकुराको लेखाजोखा गरेर उनीहरुलाई फेरि नेतृत्वमा पु¥याउंने कि नपु¥याउने भन्नेकुराको निर्णय मतदाताहरुले लिनुपर्ने अवस्था छ ।


अहिले प्रधानमन्त्री पत्नी आरजु देउवाले भारतमा नेताहरुसंग दैनिक भेट गरिरहेका समाचारहरु आइरहेका छन् । संचार माध्यमहरुले वर्तमान प्रधानमन्त्रीले निर्वाचनपछि पत्नीलाई उपप्रधानमन्त्री÷प्रधानमन्त्री बनाउने सोंच राखेका समाचारहरु समेत दिइरहेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा स्वयं आफ्नो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । कतिपय संचार माध्यमहरुले त उहाँ आफू राष्ट्रपति हुने पत्नीलाई प्रधानमन्त्री बनाउने योजनामा रहेको समाचार पनि दिएका छन् । उहाँ सपना देख्न स्वतन्त्र हुनुहुन्छ † तर, एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने र त्यस पछि पत्नीलाई त्यो पदमा पु¥याउने सपना साँच्चै उहाँले देखिरहनुभएको छ भने शासन व्यवस्थालाई आफ्नो परिवारको कब्जामा राख्ने त्यस्तो सपना लोकतान्त्रिक प्रकृतिको होइन भन्ने कुरा बुझ्न जरुरी छ । 


  त्यसैले आगामी चुनावमा उहाँहरु पति÷पत्नी नै उम्मेद्वार हुनुभयो भने मतदाताले आफ्नो विवेक प्रयोग गरेर मुलुकमा पारिवारिक शासन स्थापना गर्ने प्रयत्न भविश्यमा समेत कसैले देख्ने हिम्मत नगर्ने वातावरण बनाउनुपर्छ । प्रधानमन्त्री देउवाकै कारण अहिले मुलुक शक्ति राष्ट्रहरुको द्वन्द्वको केन्द्र हुने हो कि भन्ने आशंका बढेको छ । मुलुकको परराष्ट्र सम्बन्धलाई सत्ता संरक्षण र आरोहणको माध्यम बनाउने प्रयत्न राष्ट्रको दीर्घकालीन हितमा छैन भन्नेकुरामा प्रधानमन्त्री स्वयं सचेत नभएको महसुस सामान्य मानिसहरुले समेत गर्न थालेका छन् ।

 

कांग्रेसमा पनि मैले मुलुकको नेतृत्व गर्छ‘ भन्ने सपना बोकेका डा. शेखर कोइराला, गगन थापा जस्ता नेताहरु पनि छन् र सपना देख्नु उनीहरुको अधिकार पनि हो । त्यसैले प्रधानमन्त्री देउवाले म धेरै पटक प्रधानमन्त्री भएँ, अब हाम्रो पार्टीको अर्को फलानो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने घोषणा गर्न‘भयो भने मुलुकभर उहाँको हाई हाई पनि हुन्छ र चुनावमा पनि कांग्रेसप्रतिको मानिसको आशा बढ्छ । अब मतदाताहरुले पनि उहाँलाई पद होइन, सम्मान दिन जरुरी छ ।


  चुनावपछि प्रधानमन्त्री हुने सपना देख्ने अर्का नेता प्रचण्ड हुनुहुन्छ । उहाँले आफ्नो पक्षमा मतदान नगर्दा सत्ता गठबन्धन नजोगिने अवस्था आउने भएकोले बाध्यताले गर्दा एमसीसी राष्ट्रको हितमा नभए पनि आफ्नो पार्टीले त्यसको पक्षमा मतदान गरेको सार्बजनिक अभिव्यक्ति लाजै पचाएर दिनुभयो भन्नेकुरा संचार माध्यमबाट आएको थियो । त्यसो हो भने उहाँ व्यक्तिगत स्वार्थ, सत्ता प्राप्ति र रक्षाका निम्ति राष्ट्रको अहित हुने काम पनि गर्न तयार हुनुहुँदो रहेछ भने देखिन्छ । अर्कातिर नेपालको हितविरुद्ध बाह्य दवावमा भएको नागरिकता ऐनको अहिलेको संशोधन देशको हितमा छैन भन्ने अभिव्यक्ति उहाँकै पार्टीका वरिष्ठ नेता नारायणकाजी र देव गुरुंगलगायतका नेताहरुले दिइरहेको अवस्था अहिले छ ।   


  प्रचण्डले आफ्नै पार्टीको महाधिवेशन भएको महिनौसम्म कसैलाई महासचिव हुने अवसर पनि नदिइकन आफ्नै पार्टी र पार्टी नै आफू मात्र रहेको जस्तो प्रभाव पार्ने अधिनायकवादी काम गरिरहनुभएको छ । आफू र आफ्ना छोरी, बुहारी तथा ज्वाइँ र भाइ आदि आफ्नो परिवारका सबै सदस्यलाई राज्य र पार्टीका महत्वपूृर्ण पदमा पु¥याउने कामलाई उहाँले निरन्तरता दिंदै आउनुभएको छ । प्रचण्डले अब आफू र आफ्नो वरिपरिका मान्छेलाई लाभका पदमा पु¥याउने र आफ्नो स्वार्थका निम्ति देशको अहित हुने काम गर्न अग्रसर हुने बाहेक मुलुकलाई भविश्यमा केही नयाँ कुरा दिन सक्ने संभावना पनि देखिदैन । मतदाताहरुले अब प्रचण्डले आजसम्म जे गर्न‘भयो त्यसैमा चित्त बुझाएर नयाँ व्यक्तिलाई अवसर दिन उपयुक्त हुन्छ ।

 

उहाँले आफ्नो पार्टीले चुनाव जितेमा आफू र आफ्नो परिवारको सदस्य बाहेकको अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने सार्बजनिक प्रतिबद्धता प्रकट गरेमा मात्र मतदाताहरुले उहाँको पार्टीलाई मत दिन उपयुक्त हुन्छ । २÷३ दशक वा २०÷३०÷४० वर्षसम्म पार्टी प्रमुख भएर पनि जिम्मेवारी हस्तान्तरण गर्न अग्रसर नहुने प्रवृत्तिलाई निरुत्साहित नगरेमा मुलुकले अग्रगति हासिल गर्न नसक्ने स्पष्ट छ । 


  माओवादी र एकीकृत समाजवादीको गठबन्धन गरेर चुनावमा जाने बाहेकको कुनै कार्य सूचि देखिदैन, विचार देखिदैन । सत्ताको निम्ति स्वदेशी विदेशी जोसित जे पनि सम्झौता गर्ने दल र नेतालाई रोज्दा मुलुकलाई नोक्सान हुनसक्छ भन्नेकुरामा मतदाता चुनावभन्दा अगाडि नै सजग हुनुपर्छ ।  सत्ता बाहिर पुगेपछिको एमाले पनि किंकर्तब्यबिमूढ जस्तै देखिन्छ । एमालेले चाहेको भए एमसीसी र राष्ट्रघाती नागरिकता कानूनको संशोधन रोक्न सक्थ्यो भन्ने मानिसहरुको बुझाई छ । बजेट निर्माणको क्रममा भएको चलखेलका सम्बन्धमा पनि एमालेको भूमिका अस्पष्ट छ । सत्ता र शक्तिको निम्ति पार्टीलाई सरकारबाहिर पु¥याउने काम गरेकाहरुले चुनावी तालमेल गर्नेकुरा गर्दा समेत एमालेले ठोस धारणा अघि सार्न सकेको छैन ।

 

हाम्रो सरकार भएको बेलामा यो ग¥यौ ऊ ग¥यौं भन्ने बाहेक भविश्यमा सरकार बनेमा यो गर्छौं भनेर कुनै ठोस कार्यक्रम पनि अघि सारेको छैन । कालापानी र लिपुलेकसहितको नेपालको नक्सा स्वीकृत गराउने, चीनसंग सैद्धान्तिक रुपमा पारवहन सम्झौता गर्ने र भारतीय नाकाबन्दीको समयमा राष्ट्रको पक्षमा अडान राख्ने जस्ता काम गरेको हुनाले अझै पनि अरुले भन्दा एमालेले राष्ट्र र जनताको पक्षमा केही राम्रो काम गर्न सक्छ कि भन्ने आशा जनताले राखेका भए पनि एमालेका पछिल्ला गतिविधि राष्ट्रको हितमा जोडदार र उत्साहजनक रुपमा उठ्ने गरेका छैनन् । 


 एमालेले पनि एउटै परिवारका एकभन्दा बढी नेता सदस्यहरुलाई संसदमा र पार्टी केन्द्रमा नराख्ने जस्ता विषयमा प्रतिवद्धता प्रकट गरेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले पनि अब दोश्रो कार्यकाल पूरा भएपछि मैले पार्टी र सरकारको जिम्मेवारीबाट विश्राम लिन्छु भन्ने सार्बजनिक प्रतिवद्धता प्रकट गर्न‘भएको छैन । भ्रष्टाचारको कसुरमा प्रधानमन्त्रीलगायत ठूला नेता, न्यायाधीश, सेना, प्रहरी जोसुकैमाथि कारवाही चलाउन सक्ने निकाय र कानूनको आवश्यकताका विषयमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीजस्तै एमाले पनि मौन छ । तसर्थ एमालेले आफूलाई रुपान्तरण गर्ने प्रकृया शुरु नगरेसम्म नयाँ मतदाताहरुलाई आफूतिर आकर्षित गर्ने वातावरण बन्न सक्ने छैन । 


राजेन्द्र लिङ्देन र राप्रपा, राजनीतिमा जम्न रहर गर्ने रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी, भरत दाहाल र स्वागत नेपाल आदि  नयाँ नेतृत्व र नयाँ संगठन सहित आएका दलहरुमा केही मानिसहरुको आकर्षण बढिरहेको भए पनि यी दलहरुले पनि जनताको मन जित्न अझै लामो समय कठिन प्रयत्न गर्नु पर्ने छ । 


उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउत आदि अरु नेताहरुले पनि जनताको मन जित्नका लागि आफ्नो कार्यशैली र सोचमा आमूल सुधार गर्न जरुरी छ ।
 

प्रतिकृया दिनुहोस