• शनिबार-फाल्गुण-३-२०८१

गोली लोडेड अमेरिकन पेस्तोलसहित तीन जना पक्राउ

 
 
धनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका १ मैनाथपुर स्थित सीमा ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखिएको एउटा पेस्तोल र लोड अवस्थामा रहेको सो को एक राउण्ड गोली सहित तीन जनालाई पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २९ वर्षीय राहुल रन्जन, २० वर्षीय उज्वल कुमार र ३६ वर्षीय संजय कुमार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी मैनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
 
 
जनकपुरबाट भारततर्फ जाँदै गरेको बि आर ०६ ए.पी. ३००८ नम्बरको सुजुकी कारमा जाँच गर्ने क्रममा कारको सिट मुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र ७.६५ एम.एम. को एउटा गोली फेला पारिएको हो । त्यसवेला उक्त कार समेत बरामद गरिएको छ ।
 
पक्राउ परेकाहरुलाई बरामद पेस्तोल, गोली र कारसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खजुरीमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहोस