• शुक्रबार-असोज-४-२०८१

काठमाडौं असनमा रहेको मानमन्दिर नै पहिलाे आर्मी हेडक्वार्टर

मान मन्दिर नै पल्टन घर र तिलंगा घर


काठमाडाैं । यहाँ प्रस्तुत यो तस्बिरमा देखिएको भवन हाल काठमाडौंको असन-बाल कुमारीमा रहेकाे छ। विक्रम सम्वत १८३३ मा प्रधानसेनापति अभिमानसिंह बस्न्यातले बनाएको  निजी निवास थियो भन्ने इतिहास भेटिन्छ ।


 इतिहास अनुसार,  यस भवनको नाम "मान मन्दिर " हो । यो घरको अगाडि भित्तामा करिब ७० जना जति सैनिकको मूर्ति र चित्रहरु छन् । उस बखत नेपाली सेनाकाे एउटा कम्पनी (गुल्म) मा कति फौज हुन्थे र अगाडिदेखि पछाडिसम्म के के दर्जा, के के हतियार हुन्थ्यो भन्ने सैनिक प्रमाण अहिले  पनि जिवन्त रहेकाे छ। त्यस बखतका प्रधानसेनापतिको याे निवास नै सैनिक मुख्यालय (Army Headquarter)हुने प्रचलन थियाे । याे पछि राणा श्री ३ महाराजका पालासम्म पनि थियो । तसर्थ  यही  भवन नै उस बखतको नेपाल आर्मीकाे हेडक्वार्टरसमेत रहेकाे थियो भनेर इतिहासले मानेकाे पाइछ ।


 यी नेपाली सैनिकहरुको मूर्ति चित्रले गर्दा मान मन्दिरलाई "पल्टन घर" र  "तिलंगा घर"  भन्न  र मान्न थाल्याे समाजले । पल्टन र तिलंगा दुबैको अर्थ  फौज अर्थात सेना हो ।  अहिले यो घर तिलङा घरको नामले बढी प्रख्यात रहेकाे छ।


  प्रधानसेनापति  शिवराम सिंह बस्न्यातका ४ छोरा थिए : ४ छोराहरूमा काजी नाहारसिंह, प्रधान सेनापति  केहरसिंह, प्रधान सेनापति  अभिमानसिंह र मन्त्री काजी धौकल ( धोकल ) सिंह बस्न्यात  हुन। धौकलसिंह बस्न्यातले पनि "कीर्ति मन्दिर " नामको निजी निवास र नारायणको मन्दिर बनाए । जुन स्थान हाल नारायण हिटी राजदरबारले प्रख्यात छ।

श्री ३ वीर शम्शेर राणाले  "कीर्ति मन्दिर "  भत्काएर अर्को भवन बनाएका थिए । नारायणहिटी र लाल दरबार ईलाका धौकलसिंहको थियो । उस बखत त्यो ईलाकाको नाम नारायणहिटी थिएन।
प्रेम

 

 

प्रतिकृया दिनुहोस