• सोमबार-माघ-१४-२०८१

युएनएचसीआरमार्फत दमक नगरपालिकालाई चार सवारीसाधन


दमक। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युनएचसीआर) ले दमक नगरपालिकालाई दुई बससहित चार सवारी उपलब्ध गराएको छ ।उच्चायोगको काठमाडौँस्थित कार्यालयमार्फत दुई बस, एक ट्र्याक्टर, एक पिकअप भेन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय दातृसंस्था युएनएचसीआरले भूटानी शरणार्थी रहेका क्षेत्रका बासिन्दालाई लक्ष गरी उक्त सहयोग उपलब्ध गराएको प्रमुख प्रशासकीयय अधिकृत गणेशप्रसाद तिम्सिनाले बताउनुभयो ।

 

उहाँका अनुसार ती सवारीसाधनमध्ये दुई बस दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयलाई र सोही वडाको कृषि प्रयोगका लागि त्यहाँको एक सहकारीलाई ट्र्याक्टर र पिकअप प्रदान गरिनेछ । विद्यालयले टाढाटाढाबाट अध्ययनका लागि आउने विद्यार्थी ओसार्न ती बस छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाइएको छ । यसअघि युएनएचसीआरले नगरपालिकालाई शिक्षा, स्वास्थ्य, विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको नगर प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

 

प्याब्सन दिवसमा आश्रमलाई सहयोग

 

एकतीसौं  प्याब्सन दिवसको उपलक्ष्यमा आज दमक–४ स्थित रत्न ज्येष्ठ वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई जाडोका लागि न्यानो कपडा प्रदान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३१आँै दिवसका अवसरमा  आश्रमका ११ ज्येष्ठ नागरिकलाई स्वीटर, टोपीलगायत हस्तान्तरण कपडा प्रदान गरिएको प्याब्सनका जिल्ला अध्यक्ष जनार्दन मैनालीले बताउनुभयो ।

 

आश्रममा भोजनका लागि चामल, तेल, दाल, नुन, फलफूललगायतका खाद्यान्नसहित रु तीन हजारसमेत हस्तान्तरण गरिएको थियो । आजै चुलाचुलीस्थित चपेटीमा पारिवारिक वनभोजसमेत आयोजना गरिएको प्याब्सन सचिव नवीन योगीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस