• बिहीबार-पौष-४-२०८१

पूर्वमेजरले कामदारलाई कृया विदा पनि दिएनन्

साँघुन्यूज डटकम
सुरक्षागार्ड कम्पनीका अध्यक्ष पदमबहादुर खत्री

काठमाडौं । नेपाल एक्स टु सेक्युरीटी सर्भिसमा आवद्ध आठ सय छपन्न सुरक्षागार्डहरुले आपूmमाथि शोषण भएको गुनासो गरेका छन् । उनीहरुले आपूmलाई काममा लगाउने कम्पनीले कृया विदासमेत उपलब्ध नगराएको र कृया विदा वापतको रकम माग्दा जागिर नै गुमाउनु पर्ने अवस्था आएको गुनासो पीडित मजदूरहरुको रहेको छ ।


उक्त सुरक्षागार्ड कम्पनीका अध्यक्ष पदमबहादुर खत्री, संचालक रामबहादुर थापा, जयप्रकाश (खत्री) केसी र सुरेन्द्र आचार्यबाट आफूहरु पीडित भएको गुनासो गरे । कृयाविदा नदिनेदेखि कम्पनीमा गार्ड भर्ना गर्दा लुगा वापत तीन हजारदेखि पाँच हजारसम्म कट्टी गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक सुरक्षा गार्डले गुनासो गरे ।


सुरक्षागार्ड उपलब्ध गराए वापत कम्पनीले विभिन्न संघ÷संस्थाहरुबाट धेरै रकम लिएपनि आफूहरुलाई थोरै दिने गरेको दुखेसो पनि पीडितहरुले पोखेका छन् । यसरी आर्थिक शोषणमा परेको गुनासो गर्नेमा विभिन्न बैंक तथा वित्तिय संस्थामा कार्यरत सुरक्षागार्ड रहेका छन् । कम्पनीले १२ घण्टा काम गर्ने एक सुरक्षागार्डको मासिक तलब कम्तीमा पनि २२ हजारसम्म बुझेर आफूहरुलाई ७ हजार देखि ९ हजार सात सय सम्ममा भुल्याएको नाम गोप्य सुरक्षागार्डले बताए ।


उनले बैंक तथा वित्तिय संस्था र कम्पनीले समेत आफूहरुको वास्तविक तलब उल्लेख नगर्ने गरेको बताए । ‘हामीहरु कम्पनीको ठेकेदारी प्रथाले साह्रै अन्यायमा परेका छौं’ उनले भने–‘हाम्रो वास्तविक तलब कति हो भन्ने नै थाहा छैन ।’ उक्त सेक्युरिटी कम्पनीहरुले बैङ्कसंग ठेक्कापट्टा गरी गार्ड पठाउने गरेका छन् । सुरक्षागार्डहरुलाई कम्पनीले तलब दिने गरेको छ । १२ घण्टा ड्यूटी गर्ने आफूलाई ७ हजार मात्रै तलब दिने गरेको नाम उल्लेख नगर्ने शर्तमा अर्का एक सुरक्षागार्डले बताए ।


‘हाम्रो तलब दैनिक ज्यालादारी मजदूरको भन्दा पनि कम छ’ उनले भने–‘बैङ्कले त एउटा तलब दिएको सुनिन्छ । तर, कम्पनीले थोरै दिएर ठगिरहेका छन् ।’ कम्पनीसंग ठेक्कापट्टा गरेर गार्ड राख्नु भन्दा बैङ्कले आफ्नै तवरले करारमा सुरक्षागार्ड राख्दा आफूहरु मर्कामा नपर्ने उनले बताए । कम्पनीले आठ घण्टा काम गर्ने गार्डको कम्तीमा १२ हजार र १२ घण्टा काम गर्नेको १८ हजार पाँच सयदेखि २५ हजारसम्म मासिक तलब सो सेक्युरिटीले बुझ्ने गरेको जिल्ला सेक्युरिटी संगठनका एक सदस्यको दावी छ । उक्त सुरक्षागार्ड कम्पनीले मजदूरलाई निकालेको भन्दै संगठनमा पटक पटक उजुरी पर्ने गरेको बताइएको छ ।


‘एक हजारसम्म नाफा लिए पनि हामीलाई कुनै गुनासो छैन’ उनले भने–‘तर, चार हजारसम्म कमिसन लिनु हामीमाथि ठूलो अन्याय हो ।’ एक कर्मचारीको गुनासो छ । ती कर्मचारी भन्छन् –आफू जानी–जानी न्यून ज्यालामा काम गर्न बाध्य छु । नेपाल एक्स टु सेक्युरिटी सर्भिस प्रा. लि.का अध्यक्ष पूर्वमेजर पदमबहादुर खत्रीले कम्पनीमा कार्यरत सुरक्षा गार्डलाई दिइने तलब बारे अरुलाई बताउन जरुरी नरहेको बताए । सो सेक्युरिटी कम्पनी तथा बैङ्कहरुले मोटो कमिसनका भरमा ठेक्कापट्टा गर्ने गरेको एक बैंकका शाखा प्रवन्धकले खुलासा गरे ।


सो कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुले विरामी, सरकारी विदा, घर विदाको मात्र होइन संचयकोष तथा उपदानको समेत व्यवस्था नभएको बताइन्छ । ठेकेदारी प्रथाका कारण बैङ्कबाट आफूहरुले कुनै किसिमको सुविधा नपाएकोे उनीहरुको गुनासो छ ।


यूनियन स्थापना गर्न खोज्नेको जागिर चेट


यसैबीच पदमबहादुर खत्री अध्यक्ष रहेको नेपाल एक्स टु सेक्युरीटी सर्भिसमा कार्यरत सुरक्षागार्डले मजदूरहरुको हकहितमा आवाज उठाउन भन्दै यूनियन स्थापना गर्न खोज्दा स्थापना गर्न खोज्ने मजदूरहरुले जागिरबाट हातधुनु परेको बताइएको छ । कोही कसैले यूनियन स्थापना गर्ला भन्ने सोचेर नै संचालकहरुले त्यस्ता मजदूरहरुलाई ६ महिनामा नै जागिरबाट निकाल्ने र पैसा जति कपडाको नाममा कट्टी गर्दै पठाउने गरेको बताइन्छ ।

प्रतिकृया दिनुहोस