काठमाडाैं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि UNIFIL मिशन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मिति २०७८ मंसिर ८ गते (तदनुसार 24th November 2021) UNIFIL का सेक्टर ईष्ट कमाण्डर बृगेडियर जनरल ज्याभियर मुर लालागुनाको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको जानकारी नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएकाे छ ।
नेपालका लागि लेवनानी मानार्थ अवैतनिक दूत (Honorable Consul General), सिनियर नेशनल अधिकृत, UNIFIL मिशनमा तैनाथ अन्य कन्टिनजेन्ट कमाण्डर, स्थानीय नगरपालिकाका मेयरलगायतको उपस्थिति रहेको उक्त समारोहमा प्रमुख अतिथिले आफ्नो सम्बोधनमा नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ गरेको योगदानको उच्च कदर गर्नुको साथै नेपाली शान्ति सैनिकहरुको व्यवसायिक क्षमताको खुलेर प्रशंसा गरिएको थियो ।
साथै, सोही अवसरमा नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी क्षेत्रमा सैनिक नागरिक सम्बन्ध विस्तारको लागि गरेका विभिन्न सिमिक गतिविधिहरुको उच्च मूल्याङ्कन गर्दै मेश ई जावेल नगरपालिका प्रमुखले बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फाका गणपतिलाई प्रसंशा पत्र समेत हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस