• सोमबार-असार-९-२०८२

नारायण -हिटी दरबारको राेचक र घाेचक ईतिहास

 

 हाल नारायणहिटी राजदरवार रहेकाे याे ऐतिहासिक स्थानकाे नाम नारायण -हिटी  कसरी रहन गयाे भन्ने बारेमा केही ऐतिहासिक तथ्य सहित यहाँ प्रस्तुत गरिएकाे छ । ऐतिहासिक स्थान  नारायण -हिटी राजदरबार बन्नु अघि महाराज र उनका परिवारहरू काठमाडाैंकाे  हनुमान ढाेकामा बस्दथे ।  नारायण -हिटी दरबार बनेपछि यहाँ  महाराजका साथै राजपरिवार बस्न थालेका हुन् ।

१.  हाल नारायण-हिटी दरबार रहेकाे, पहिला यो ईलाका खेत थियो । उसबखत हालको दरबारमार्ग, जय नेपाल सिनेमा घर, हात्तीसारसमेत प्रधान सेनापति काजी शिवरामसिंह  बस्न्यातको सन्तानको देखिन्छ। उनका कान्छा छोरा काजी (मन्त्री) धौकल (धोकल )  सिंह बस्न्यातले श्री ५ महाराजधिराजबाटअनुमति लिएर आफ्नो निवास बनाए । यो विशाल रसुन्दर पनि थियो । बि. सं १८५० को बसन्तपञ्चमीको दिनबाट बसोबास सुरु गरेको यस निवासको नाम " कीर्तिमन्दिर " थियो।

 
२.मन्त्री धौकलकी माता सुरप्रभा नारायणको भक्त थिइन ।  त्यहाँ कीर्ति मन्दिरको साथमा नारायण मन्दिर पनि निर्माण भयो । ज्याेतिषीको  सुझाव अनुसार त्यस मन्दिरमा राख्ने नारायणको मूर्ति  सिन्धुली खुर्कोट ईलाकामा बनाइ ल्याउनु भन्ने भएकोले उतै बनाइयो ।

खुर्कोट ईलाकाबाट ७ जना भरिया लगाइ नारायणको मूर्ति काठमाडौं ल्याउने सिलसिलामा हाल काभ्रेको  तिमाल कोटको डाडोमा  बास पर्यो। भोलिपल्ट भरियाहरुले मूर्ति बोकेर हिंड्न लाग्दा मूर्ति  बोक्नै नसकिने गरौं  भयो र हुरी बतास पनि आएर मूर्ति  काठमाडाैं ल्याउन सकिएन।

त्यसै रातमा माता सुर प्रभालाई सपनामा नारायण भगवानले " मलाई यसै स्थानमा मन्दिर बनाइ स्थापना गरिदेउ " भन्ने वाणी भएपछि माता सुरप्रभाले त्यसै स्थानमा मन्दिर बनाइ नारायण भगवानको पूजा गरिन।  अनि ठूलो गुठी जग्गा  पनि राखिदिन ।   तसर्थ तिमाल कोटको नारायण मन्दिर बडावीर सेनापति शिवराम सिंह बस्न्यातको धर्मपत्नी सुर प्रभाले बनायको हो ।

 

३. यता कीर्ति मन्दिरको लागि भने ज्याेतिषीको अर्को सुझाव अनुसार काठमाडौंको पूर्वी-दक्षिण पर्ने नजिकैको क्षेत्रबाट अर्को नारायणको मूर्ति बनाइ स्थापना गरी पूजा गरियो। तसर्थ हाल नारायणहिटी  दरबारमा रहेको मन्दिरर मूर्ति मन्त्री धौकल सिंह बस्न्यातले बनाएका हुन। पछि त्यस मन्दिरको सुधार हुँदै गयो ।

 

४ .त्यस नारायण मन्दिराकोअगाडि परा पूर्वकालदेखिको धारा अर्थात् "हिटी"(नेपाल भाषा) छ। मेरो अनुमानमा यही नारायण मन्दिर र त्यो हिटीको संयुक्त नामबाट नै पछि यो क्षेत्रको नाम " नारायण  हिटी " भयो ।

 

५.वि. सं. १८५७ मा धौकल लाई गडवालको मुख्य प्रशासक बनाइ पठाइयो । अर्को वर्ष अर्थात १८५८ सालमा कुनै षड्यन्त्रले आफ्नै सेनाबाट उनको हत्या गरियो।

 

६ .उनको मृत्‍युपछि कुनै कारण बिना नै सो कीर्ति मन्दिर प्रधान सेनापति  भीमसेन थापाले राज्यमार्फत जफत गराए ।अनि धौकलको परिवारको बिल्लीबाठ्    बनाइदिए। सो निवास भीमसेनले आफ्न भाईकाजी बख्तावर सिंह थापालाई दिए। भीमसेन थापाको मृत्‍यु  पछि सो निवास चौतारिया फत्यजङ शाहको  सन्तानले पाए । कोत पर्वमा फत्यजङहरु मारिएपछि जङ्ग बहादुरले सो निवास उनको भाई रनोदिप   राणालाई दिए।

 

७ .पछि रनोदिप राणाश् री ३ बनेपछि हनुमान ढोकामा रानीहरुको षडन्त्रबाट बालक श्री ५ राजा लाई मार्लान भनी बालकराजालाई उनीसंगै नारायण  हिटीमा लगेर संगै राखे।

 

८.धीर शम्सेर राणाका छोराहरुले काका श्री ३ रनोदिपको हत्यागरी वीर शम्सेर श्री ३ बने पछि धौकल सिंहको कीर्ति मन्दिर भत्काइ अर्कै  दरवार बनाए । सायद् अब मात्र यो दरबारको  नाम " नारायण हिटी " भएको पनि हुन सक्छ ?  त्यसपछि भने हनुमान ढोकादरबारबाट श्री ५ महाराजधिराजहरुलाई यही दरबारमा सारियो।  हाल लालदरबार भएको ठाउँ पनि मन्त्री धौकलको अर्को घर थियो। कोत पर्वपछि धीरशम्सेरले सो घर र जग्गा पाएका थिए।

 

९ .यो नारायण हिटी  दरबार मन्त्री धौकल सिंह को हो। उनको सन्तानलाई कुनै सोधभर्ना नदिइकनै यो निवास  हरण गरिएको थियो ।

 

१०.अन्तमा, हाल असनबाट ईन्द्रचोक जाने बाटोमा रहेको “ पल्टनघर” अर्थात “तिलङा घर''   पनि धौकलका साँहिला दाई प्रधानसेनापति अभिमान सिंह बस्न्यात्ले बि.सं. १८३३ मा बनाएका थिए । जसको वास्तविक नाम "मान मन्दिर " हो ।

सुधार र सुझाकोअपेक्षा राखेकोछु-प्रेम  
       
(तस्बिर क्रमश: काभ्रे पलान्चोकको तिमाल  कोटमा सुर प्रभाले बस्न्यातले बनाएको नारायण मन्दिर , नारायणहिटी भित्रको  नारायण मन्दिर र  वर्तमान नारायणहिटी राजदरबार ।      

प्रतिकृया दिनुहोस