• शुक्रबार-बैशाख-२१-२०८१

कर्नेल डिल्ली सिंहकाे नाममा रह्यो डिल्लीबजारको नाम ....!


 बडामहाराज पृथ्वी वीनारायण शाहको काजी रनसिंह बस्न्यात उर्फ बाङ्या बस्न्यातका सन्तान चिफ कर्नेल डिल्लीसिंह बस्न्यात प्रधान मन्त्री श्री ३ जङबहादुर राणाको नजिकका नातेदार पनि थिए।

उनले राष्ट्र निर्माणमा अतुलनीय योगदान दिएका छन् ।  उस बखत डिल्ली बजारदेखि मैतीदेवी  ईलाकासम्म  मानव बस्ती पनि खासै थिएन । त्यो ईलाका चिफ कर्नेल डिल्ली सिंहको जग्गा रहेकाे थियो।


 कर्नेल डिल्ली सिंहले धर्म-कर्म गरी पशुपतिनाथसमेत् जाने बागबजारको मुखदेखि मैती देवीसम्मको  आफ्नो निजी जग्गामा बग्गी हिंड्ने बाटो खुलाउन नेपाल सरकारसँग बिन्ती पत्र हाले। त्यस्तो  महानतादेखि त्यो बाटो खुलाएको पुरै क्षेत्रको नाम उनै  कर्नेल डिल्ली सिंहको नामबाट " डिल्ली बजार "  राख्न समेत   प्रमाँगी भयो। त्यसपछि यो क्षेत्रको नाम डिल्लीबजार रहेको इतिहासमा उल्लेख भएकाे पाइन्छ  ।


डिल्लीबजारबाट चार खाल मोडिने  घुम्तिकै ( दाहिने पट्टी ) का मन्दिरहरु उनै  कर्नेल डिल्ली सिंहले बनाएका थिए भने ठूला घण्टामा उनका कीर्तिबारे लेखिएका छन।    
अर्को कुरो डिल्लीबजारमा रहेको कालिकास्थानको देवीको शिला मात्रा थियो र त्यो शिला पिपलको रुख मुनी स्थापित भएकोमा उनैले श्री ३ जङ्गबहादुर राणालाई बक्साइ मन्दिर पनि बनाएका थिए। उनको घर हाल " चार खाल अड्डा " रहेको स्थानमा थियो।


(तस्बिरमा : चिफ कर्नेल डिल्ली सिंह बस्न्यात , उनले बनाएका मन्दिर र वर्तमान कालिकास्थान मन्दिर देखिन्छन्।)    
(प्रेम)

 

प्रतिकृया दिनुहोस