• मंगलबार-जेठ-६-२०८२

नेपाली सेनामा जातीय गण-गुल्म का कुरा !


१. गुल्मलाई कम्पनी, गणलाई बटालियन र पल्टनलाई रेजिमेन्ट भनिन्छ । यसमा संख्या फरक हुन्छन।


२. नेपालमा प्रधानमन्त्री जँगबहादुर राणाको काल भन्दा अगाडि जातीय गुल्म- गण- पल्टन थिए कि थिएनन्, मलाई जानकारी भएन। उनका समकालीन भारतमा रहेका ब्रिटिश  राजमा भए अनुसार नेपालमा पनि जातीय फौज बनेका हुन सक्छन्। अर्को कुरा उस बेला ब्रिटिश  गोर्खामा  नेपाली गुरुङ, मगर, राई, लिम्बुलाई मात्र लग्न थालेको  कारले पनि नेपाल मा जातीय फौज स्थापना भस्को हुन सक्छ।   


३. जङबहादुर कै समयमा गुरुङको काली बहादुर पल्टन, मगरको पुरानो गोरख पल्टन, राई  लिम्बुको भैरब नाथ पल्टन तामाङहरुको २ पल्टन जङ्गी नाथ  र जङ्गी  ध्वज समेत रहेकाे इतिहासमा भेटिन्छ।  


४. तमाङ जातिका जङ्गी नाथ र जङ्गी  ध्वज तथा किरातीहरुको भैरब नाथ ३ पल्टन सन् १८५५ को मार्च ६ को दिनमा तिब्बत्सँगको अन्तिम युद्ध लड्न काठमाडौंबाट रवाना भएका थिएकाे पनि इतिहास पढ्न पाइन्छ ।


५. बडामहाराज पृथ्वी नारायण शाहको पालामा जातीय सेना थिएनन् । सैनिक ईतिहासमा पनि लेखेको-बोलेको सुनिन्छ, त्यो सही छैन।   
Prem Singh Basnyat,

प्रतिकृया दिनुहोस