रुपन्देही, ६ जेठ २०८२ — जिल्लाका विभिन्न स्थानहरूमा खटिएको प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको झण्डै पाँच लाख बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी टोलीहरूले जेठ ५ गते (२०८२।०२।०५) जिल्लाका सीमावर्ती क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामानहरू नियन्त्रणमा लिएका हुन्।
प्रहरीका अनुसार बरामद गरिएका सामानहरूको कूल मूल्य अन्दाजी रु. ४,८२,८०० (चार लाख बयासी हजार आठ सय रुपैयाँ) रहेको छ। बरामद गरिएका सामग्रीहरूमा दैनिक उपभोग्यदेखि लत्ताकपडा र घरेलु सामानसम्म रहेका छन्।
🔹 बरामद भएका सामानहरूको विवरणः विभिन्न प्रकारका कस्मेटिक सामानहरू
बोइलर कुखुरा – २० पिस
बोइलर कुखुराको मासु – ४० किलोग्राम
साडी लगायतका लत्ताकपडा – ६९ थान
छाता – १२ थान
स्टिल बाल्टी, ग्यास चुलो, ओदान लगायत अन्य घरेलु सामानहरू
सवारी साधन – लु ५ प ६१२ र लु ९७ प २०२६ नम्बरका दुईवटा गाडी
प्रहरीले बरामद गरिएका सम्पूर्ण वस्तुहरू आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया मा बुझाएको जानकारी दिएको छ।
प्रहरी स्रोतका अनुसार पछिल्ला दिनमा भारत–नेपाल सीमावर्ती क्षेत्रमा चोरी पैठारीको गतिविधि फेरि सक्रिय बन्दै गएको देखिएको छ। यस्ता कार्य रोक्न प्रहरीले निगरानी बढाएको र नियमित अनुगमन तथा चेकजाँच जारी रहने जनाएको छ।
प्रतिकृया दिनुहोस