• बुधबार-बैशाख-२६-२०८१

मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाईते

 


मोरङ, श्रावण-१५ गते । मोरङ बेलबारी नगरपालिका ९ तिनकुटियास्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ वर्षीय उमेश चौधरी रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जानकारी दिएकाे छ ।


हिजो राति १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र.१-०२-०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।


सो दर्घटनामा परि गम्भीर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाईकल पछाडि सवार सोही स्थानका ३० वर्षीय श्रवण कुमार विश्वास समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको प्रहरीले बताएकाे  छ ।

प्रतिकृया दिनुहोस