• सोमबार-जेठ-७-२०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) : राजस्थानमाथि दिल्ली २० रनले विजयी

 

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई २० रनले पराजित गरेको हो ।

 

दिल्लीले दिएको २२२ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।

 

यो जितपछि दिल्लीको १२ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानको भने ११ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस