• बिहीबार-चैत-१५-२०८०

घाँटीको खसखस हटाउन अपनाउनुस् यी घरेलु भोजन

 

घाँटी खसखस गर्ने विभिन्न कारण हुने गर्दछन् । घाँटीमा इन्फेक्सन, ज्वरो, टाउको दुखाई, टन्सिल, आदि यसको कारण हुन सक्दछन् । हामीले पिउने पानी तथा खाने भोजनका कारण पनि यस्तो समस्या आउन सक्छ । त्यसैकारण जानौं केही घरेलु उपायहरु जसले घाँटीको खसखस रोक्नुका साथै स्वास्थ्य राम्रो बनाउन मद्दत गर्दछ । 


नुनपानी : नुनपानीले कुल्ला गर्दा घाँटीको खसखसका साथसाथै दुखाई पनि कम गर्दछ । यसले शरीरमा इन्फेक्सन हुन दिँदैन र घाँटीमा हुने ब्याक्टेरिया मार्दछ । 


पुदिना : घाँटीको समस्या भएमा पदिना पानी पिउन सकिन्छ । पुदिना एक एन्टीब्याक्टेरियल तथा एन्टीभाइरल गुणले भरिपूर्ण हुन्छ । पुदिनाको चिया पनि पिउन सकिन्छ । त्यसैगरी घाँटीमा पुदिनाको तेल, बदाम या नरिवालको मिश्रित तेल लगाएर मसाज गर्न सकिन्छ । 


एप्पल साइडर भिनेगार : एप्पल साइडर भिनेगार पनि एक एन्टीब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ । यसले घाँटीमा भएको इन्फेक्सनलाई बढ्न नदिई स्वस्थ राख्दछ । 


लसुनको प्रयोग : लसुनमा एलिसिन नामक तत्व हुने गर्दछ जसले इन्फेक्सन हटाउन मद्दत गर्दछ । लसुन दैनिक प्रयोग गर्दा भाइरल इन्फेक्सनबाट बच्न सकिन्छ । लसुनलाई पानीमा उमालेर उक्त पानी पिउन पनि एकदमै फाइदाजनक हुन्छ । 


मह : महले घाँटीको खसखस, दुखाई आदि हटाउन मद्दत गर्दछ । जाडो महिनामा घाँटी खसखस भई समस्या आएमा तातोपानीमा मह मिसाएर पिउन सकिन्छ । 
 

प्रतिकृया दिनुहोस