• शुक्रबार-बैशाख-१४-२०८१

इन्डोनेसियाको टापुमा निर्मित यो सयौं वर्ष पुरानो मन्दिर

 

मुस्लिम मुलुक इन्डोनेसियामा एटटा यस्तो मन्दिर छ जुन समुद्री ज्वारको क्षयीकरणबाट बनेको हो । यो एउटा प्राकृतिक मन्दिर हो जसलाई तनाह लोत मन्दिरको नामले चिनिन्छ । बालीको समुद्री तटमा बनेको सात मन्दिरमध्ये यो एक हो । मन्दिर जुन शिलामा अडिएको छ, जुन सन् १९८० मा कमजोर भई लड्न लागेको थियो, त्यसपश्चात मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई खतरायुक्त क्षेत्र घोषित गरिएको थियो ।

 

जापान सरकारले यस चट्टानलाई बचाउनका लागि इन्डोनेसिया सरकारलाई मद्दत पनि गरेको थियो । यस क्रममा चट्टानको एक तिहाई भागलाई कृत्रिम चट्टानको प्रयोग गरी नयाँ रुप दिइएको थियो । भनिन्छ यस मन्दिरको निर्माण १५ औं शताब्दीमा निरर्थ नामक एक पुजारीले गरेका थिए । 


भनिन्छ, यस मन्दिरको सुरक्षाका लागि यसको शिलाको मुनि विषयुक्त तथा खतरनाक सर्पहरु रहेका छन् । 
 

प्रतिकृया दिनुहोस