• शनिबार-बैशाख-८-२०८१

कोभिडविरुद्धको लडाईमा प्राइमको सहयोग

 

काठमाडौं । प्राइम बैंकले कोभिड­१९ महामारीको दोस्रो लहरबाट मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शैथ्या, अक्सिजन लगाएत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।

 

बैंकले सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई  क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेकोमा कोभिड­ १९ विरुद्घको लडाईमा यस संस्थाको सहयोगलाई निरन्तरता दिने क्रममा हाल कोभिड­ १९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिव रु. ३० लाख बराबरको पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ्य सामाग्रीहरु बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा.जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् । 

प्रतिकृया दिनुहोस