• शुक्रबार-बैशाख-७-२०८१

 सोना अमात्यको नयाँ गीत 'सोच बेलैमा'सुन्दर म्युजिक भिडियोसहित आयाे  

 


काठमाडौँ ।   सोना अमात्यको नयाँ गीत “मेरो माया करोडमा'' बजारमा राप सेलाउन नपाउँदै यो साता  वैशाख १३ गते सोमबारको दिन अर्को डान्सिङ नम्बर को गीत सोच बेलैमा एक कार्यक्रमको आयोजना गर्दै भव्य समारोहका साथ् लोकापर्ण गरियो ।  Shut up and Dance to the beat, भन्ने स्लोगनका साथ “सोच बेलैमा” गीतको भावलाई अझै उत्कृस्ट प्रधान गर्दै सुन्दर म्युजिक भिडियो दर्शकहरु माझ रिलिज गरियो । 


 एड एजेन्सी फुल सर्कलकी सीईओ समेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् ।


  सानै उमेर देखि गीत संगीतमा मोहित रहेकी गायिका सोना अमात्यको “सोच बेलैमा“ गीत लाई RJ, VJ  नायक विवेक सिंह ठकुरीले आफ्नो स्वर प्रदान गर्दै साथ दिनएका छन् । सोना अमात्यकै संगीत प्रशिक्षक शशी विक्रम थापाको शब्द संगीतमा रहेको गीतमा सोना र विवेकको साथमा गरिमा शर्मा, गोविन्द सिंह विष्टको मोडलिंग छ ।


गम्भीर विस्टद्वारा निर्देशित उक्त भिडियो बजारमा आएको एकदिनमै १० लाख भ्यूवर्स बनाउन सफल भएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ । भिडियोलाई सोनाकै आधिकारिक Youtube Channel “Sonna Amatya” बाट सार्वजनिक गरिएको छ ।

 

सोनाले यस अघि मेरो माया करोडमा गीत ल्याएकी थिइन्  र यो भन्दा अगाडिको गीत करोडमाको टिकटकका प्रतियोगिताहरुलाई पुरस्कार वितरणबाट सुरु गरिएको कार्यक्रमको प्रमुख आतिथ्य सम्पूर्ण मिडियाहरुले गरेका थिए । 

प्रतिकृया दिनुहोस