• शनिबार-बैशाख-८-२०८१

बालुवाटारमा एमाले बैठक शुरु

 

 
काठमाडौँ, १२ वैशाख (रासस) :नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । 


बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिनुभयो । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक बैठक बोलाइएको हो ।

May be an image of one or more people, people standing and indoor

यसअघि यही वैशाख १० गते बसेको बैठकले २६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो । बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो ।  

प्रतिकृया दिनुहोस