• बिहीबार-बैशाख-१३-२०८१

हप्तौंपछि तोडियो ओली र नेपालबीचको संवादहीनता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच हप्तौं लामो संवादहीनता तोड्दै भेटवार्ता भएको छ । 

 

नेकपा एमालेभित्र ओली र झलनाथ खनाल–नेपाल पक्षबीचको शक्ति संघर्ष चरमोत्कसर्षमा गुज्रिरहेका बेला दुई नेताबीच संवाद भएको हो ।  


नक्सालस्थित होटल मेरियटमा दुई नेताबीच छलफल भए पनि विस्तृत विवरण भने आइसकेको छैन । 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल पक्षका २७ सांसदलाई बुधबार स्पष्टीकरण सोधेपछि यो पार्टीभित्रको विवाद पेचिलो मोडमा पुगेको छ । सँगै लामो समयदेखि गुज्रिएको संवादहीनताको अवस्था पनि तोडिएको छ । बुधबार मात्रै एमालेका सचिव योगेश भट्टराईले केपी शर्मा ओलीसँग भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए । त्यसको केहीबेरपछि फरक ध्रुवका दुई नेताबीचको भेटलाई नेता तथा कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन् । 

प्रतिकृया दिनुहोस