• शुक्रबार-बैशाख-१४-२०८१

खाद्य संस्थानले पायो ४ वर्षपछि सीईओ 

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ ।  कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

 

मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरिसकेका छन् । 

 

०७४ असोजमा डा शिवहरि श्रेष्ठको कार्यकाल सकिएपछि कम्पनीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक सीईओ रहँदै आएका थिए । 

 

कैलालीका चन्द तत्कालीन खाद्य संस्थानका नवौँ तहबाट अवकाशप्राप्त कर्मचारी हुन् । 
 

प्रतिकृया दिनुहोस