• मंगलबार-बैशाख-११-२०८१

अन्नपूर्णका श्रमजीवी पत्रकार जबर्जस्ती निकालिए  

 


काठमाडौं । अन्नपूर्ण पोस्ट्का अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अति प्रियका रुपमा देखा परेका सम्पादक अखण्ड भण्डारी र सीईओ मानस घिमिरेले त्यहा“ कार्यरत पत्रकारहरुलाई डर, धम्कीका साथै प्रलोभनमा पारी व्यक्तिगत र सामूहिक राजीनामा दिन लगाई स्वीकृत गरे पनि पत्रकारहरु खाली हात बाहिरिएका छन् । २०७८ बैशाख ३ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गरेको पत्र २०७८ बैशाख २ गते नै सबै पत्रकारहरुलाई वितरण गरिसकिएको छ । 


राजीनामा स्वीकृत गरेको पत्रमा रकम बुझ्नका लागि लेखा विभागमा सम्पर्क गर्न भनिए पनि उक्त विभागमा गई सम्पर्क गर्दा प्राप्त गर्नुपर्ने सेवा सुविधाको जम्मा २० देखि २५ प्रतिशतमात्र रकम पाउने गरी हिसाब गरिएको एकजना पीडित पत्रकारले साँघुलाई जानकारी दिए । कोरोना भाइरसको महामारीको बहानामा २०७६ साल चैत महिनादेखि आधा तलबमा काम गरिरहेका पत्रकारहरुलाई काटिएको तलब पनि नदिने भनिएको गुनासो गरेका छन् । 


सम्पादक भण्डारी र सीईओ घिमिरेले पत्रिका बन्द गरी डिजिटाइजमा जाने भनेर राजीनामा मागे पनि पत्रिका पूर्ववत रुपमा नै प्रकाशित  भइरहेको छ । यसबाट पत्रकारहरुलाई सेवाबाट निकाल्ने योजनाअनुरुप कार्य भएको ती पीडित अन्नपूर्णबाट बाहिरिएका पत्रकारले बताए । यस बिचमा पत्रकारहरुले सम्पादक अखण्ड भण्डारीसँग भेट्न समय मागेका थिए । तर भण्डारीले विभिन्न बाहना बनाई भेट्न आलटाल गरेको पनि पीडित पत्रकारहरुको गुनासो छ ।

 

‘हाम्रो सेवा सुविधा के हुन्छ भनी २०७८ बैशाख २ गते सम्पादकको कार्यकक्षमा भेट्न गएका पत्रकारलाई त्यही“ रोकी एकछिनमा आउ“छु भनी बाहिरिएका भण्डारी कर्पोरेट टावरको आठौ तलामा गई मानस घिमिरेस“ग बैठक बसी आफ्नो उद्देश्य पूरा भएको भनी उनीहरुलाई नभेटी त्यहीबाट बाहिरिए’ ती पीडित पत्रकारले सुनाए । 


त्यसअघि सामूहिक र व्यक्तिगत राजीनामा दिने केही पत्रकारलाई सम्पादक भण्डारी र अन्नपूर्ण पोस्ट्का नेपाल पत्रकार महासंघका अध्यक्ष शम्भु कट्टेलले एक्लै भेटी केहीलाई सेवा निरन्तर हुने गरी ललाई फकाई पैसा बुझ्न लगाएको कुरा रकम बुझिसकेका एकजना पत्रकारले साँघुलाई जानकारी दिए । ‘पैसा बुझ नत्र त्यही पैसा पनि आउँदैन र जागिर पनि पाइ“दैन भनेकाले बाध्य भएर रकम बुझियो । अहिले पछुतो लागिरहेको छ’ ती पत्रकारले भने । 


महासंघका शाखा अध्यक्ष कट्टेल पत्रकारहरुको हकहितमा लड्नुपर्नेमा त्यसो नगरी उल्टै पत्रकारहरुलाई धम्क्याउने, फकाउने गर्दै मालिकलाई खुसी पार्ने काम गर्दै आएको आरोप पीडितहरुको रहेको छ । ‘मेरो अन्यत्र जाने ठाउ“ नभएर पैसा बुझेर यहीं जोडिए“’ उनले भने । त्यसैगरी सामूहिक राजीनामा दिने पत्रकारहरुको विषयमा गोपीकृष्ण ढुंगाना र रामकला खड्काले बा“की पत्रकारहरुको सेवा सुविधा दिनुहु“दैन भनी लबिङ गर्दै आएको रकम बुझेर सेवामा जोडिएका ती पत्रकारले सा“घुलाई बताए । 


अन्नपूर्णका केही पत्रकारहरु बाइलाइन लेखेकै भरमा व्यक्ति, संस्था र एनजीओबाट रकम उठाउने गरेको गुनासो यसअघिदेखि नै चर्चामा छ । पत्रकारहरुलाई सेवाबाट हटाउ“दा बा“की तलब भुक्तानी, क्षतिपूर्ति, उपदान, सञ्चयकोष, उपचार खर्च, घरबिदा र बिरामी बिदाको रकम दिई सेवाबाट अवकास दिन सकिने कानुनी व्यवस्था भए पनि अन्नपूर्णले जम्मा एकसय दिनको घरबिदाको रकम बाहेक कुनै पनि सुविधा नदिएको सेवामा पुनः जोडिएका ती पत्रकारले बताए । 


आफू दिनदहाडै लुटिएको उनको गुनासो छ । सरकारी मुखपत्रजस्तै बनेको अन्नपूर्ण पोस्ट्ले सरकारकै आड र भरोसामा पत्रकारहरुमाथि अन्याय गरिरह“दा पनि सम्पादक मालिककै मतियार बनेको आरोप पीडित श्रमजीवी पत्रकारहरुको छ । एक दुई दिन अझै हेर्ने त्यतिखेरसम्म पनि सम्पादक र अन्नपूर्णका मालि रामेश्वर थापाले सामूहिक सम्बोधन हुने गरी कुनै योजना नल्याए कडा रुपमा उत्रिने उनले जानकारी दिए । 


यसअघि व्यक्तिगत दोष देखाई सेवाबाट हटाइएका ६ जना पत्रकारहरुलाई सिम्रिक एयरको कार्यालयमा लगेर टेबलमुनि र टेबलमाथिबाट रकम दिएर उनीहरुको व्यवस्थापन गरिएको थियो । २०७७ चैत ३ गते सामूहिक रुपमा राजीनामा बुझाएका २८ जनामध्ये केहीलाई अन्नपूर्णले जागिर दिएको छ भने बाँकीलाई घर न घाटको बनाएको छ । अन्नपूर्णबाट निवर्तमान भएर सडकको स्थितिमा पुगेका एक पीडित पत्रकारले भने, ‘केही दिन रामेश्वर र अखण्डको आश्वासन कुर्छौं हाम्रो पैसा नदिए काननी प्रक्रियामा जान्छौं ।’
 

प्रतिकृया दिनुहोस