• शुक्रबार-बैशाख-१४-२०८१

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रचण्ड

 


काठमाडौं । शेरबहादुर देउवा दलामो मौनता तोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन राजी भएपछि कांग्रेसले औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कांग्रेसको यस्तो निर्णयसँगै अप्ठ्यारोमा परेको माओवादी केन्द्र भने उत्साहित भएको छ । 


उत्साहित भएको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी अघि बढाएको छ । यसबारे निर्णय लिन उसले आइतबार बिहानका लागि स्थायी समिति बैठक डाकेको थियो । तर अन्तिममा त्यसलाई स्थगित गरिएको छ । सबै सदस्य उपस्थित नभएकाले बैठक स्थगित गरिएको बताए पनि अन्य फ्याक्टरले यसमा भूमिका खेलेको हुनसक्ने ठानिएको छ । 

नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्दै सरकारको नेतृत्व लिन पहल गर्ने निर्णय गरेपछि माओवादी केन्द्र उत्साहित बनेको छ ।


ओलीले राजीनामा दिएमा वा अविश्वासको प्रस्ताव सामना गर्न असफल भएमा सहमतीय सरकार निर्माणको नयाँ कोर्षमा मुलुक प्रवेश गर्नेछ । तर नयाँ सरकार निर्माणका लागि कांग्रेस र माओवादीलाई संसद्को गणितले साथ दिँदैन । उसले जनता समाजवादी पार्टीको सहारा लिनुपर्छ । तर यो दल अहिले दुई खेमामा विभाजित छ । उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको घुनपुत्लो उतार्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग नजिक देखिएका छन् । 


निर्णायक शक्ति जसपा नै दुई भागमा विभाजित भएकाले सहमतिको सरकार निर्माण कठिन हुनेछ । सहमतीय सरकार बन्न नसकेको अवस्थामा संसद् विघटन गर्न सकिने प्रावधान भएकाले फेरि पुस ५ कै अवस्थामा मुलुक फर्कंन सक्ने चिन्ता व्याप्त हुन थालेको छ । 
 

प्रतिकृया दिनुहोस