सैनिक संगठन एउटा पवित्र संस्था हो । तर त्यही पवित्र संस्थाभित्र नकारात्मक सोच बिचार घिनलाग्दो काम गर्ने ब्यक्तिहरूले गर्दा आम नागरिकहरूले नेपाली सेनालाई हेर्ने नजर फरक परिरहेको छ । प्रसंग श्री गरुड दल गणको हो जहाँ अस्त ब्यस्त तरिकाले पल्टन चलाईएको छ गणपतिको बिना आदेश एउटा माधव अर्याल नाम गरेको अईटन जमदारले आन्तरिक रुपमा आफूखुसी जवानलाई जंगलको रुख काट्न लगाउने जंगलमा फर्निचर उद्योग खोलेर फर्निचरका सामान बनाउने ।
एकपटक त धागो कारखानाको लागि पब्लिकले रुख काटेको देखेर वन कार्यालयमा फोन गरेछन् र वन कार्यालयबाट गणमा फोन आयो गणपतिलाई थाहै छैन । अनि फर्निचरमा काम गर्ने सैनिकहरूलाई सामेल गरेर रातारात काठ पहिलाकै ठाउँमा पु¥याइयो । रुख काट्न आदेश दिने माधव जमदार अनि गाल परेपछि मलाई थाहा छैन भनेर आफू जोगिने र हामीले सजाय भोग्नुपर्ने ? यो कहाँको नियम हो हजुर । बिना आदेश हामी सिपाहीले कसरी रुख काट्न सक्छौं ।
आफूलाई मन परेका मान्छेहरूलाई बिदा सिफारिस गरी छोड्ने र राम्रो सेवा सुविधा भएको पोस्टमा डिउटी हाल्नेहरू जमदारहरूलाई मान्छे नगन्ने । उनीहरूसंग झगडा गर्ने, मै डन हँु भन्ने जस्ता अहंपन पल्टनमा बढ्दै गएको छ । अर्को कुरा पहिला बाहिनीपति सुदर्शन सिलुवालले नै ‘तेरो गणका केटाहरू र केटीहरूको चालामाला ठिक छैन है भनेर गणपति ज्योति कुमार थापालाई भनेका थिए । तत्कालै ज्योतिकुमार थापाले कन्फे्रन्समा पनि यो कुरा उठाएकै हो । हाल उहाँको सरुवा भइसक्यो ।
केसी र हुद्दा रानाको विषयमा त सबै पल्टनलाई थाहा नै छ । खसी काट्ने घर पछाडी जंगलमा केहीले लेडीजहरूको ट्वाईलेट पछाडी धेरैले देखिसकेका छन् अनेक लीला । पल्टनका अरु धेरै जनासंग जोडिएका यौन कृयाकलापहरू छन् । के पल्टन यस्तो घिनलाग्दो काम गर्ने थलो हो र ? उनीहरूको यो हर्कतले सीमा नागिसकेपछि पल्टनले कुचीकारलाई मध्यपश्चिम पृतना काजमा फालिदियो । रानालाई लम्जुङ्गमा रहेको आर्मी कृषि कलेजमा भेटेनरी जेसिओ कोर्षमा पठाई दियो । के नेपाली सेनामा पनि यस्तो अनुशासनहीन काम गर्नेलाई छुट हुन्छ ? यो विषयमा तत्कालै सत्यतथ्य छानबिन गरी दोषीमाथि कार्वाही होस् ?
यो त उदाहरण मात्र हो । यहाँ अरु पनि धेरै यौन काण्डका गुप्त मामिलाहरू छन् । समयमै प्रधानसेनापतिको यसतर्फ ध्यान जावोस् र दोषीलाई कडा कारवाही होस् ताकि आउँदो समयमा यस्तो घिनलाग्दो हर्कत कसैले गर्ने आँट नगरुन् । छानबिन र कारवाही भएन भने भविश्यमा यिनै कुराहरूले सेनामा विकराल रुप लिने छ र सेनाको छवि कहाँ पुग्छ । –देखिजान्ने, सुनिजान्ने सैनिकहरू, श्री गरुड दल गण
प्रतिकृया दिनुहोस