• बिहीबार-माघ-१७-२०८१

सेनाले धुलिखेल-पनौती एकीकरण मार्ग पदयात्रा-२०७७ संचालन गर्ने  

 


काठमाडाैं । प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन-२०७५ बाट निर्देशित भए बमोजिम नेपाल र नेपाली सेनाको इतिहास प्रबर्द्धन गर्ने लक्ष्य अनुरुप प्रधान सेनापति महारथी  पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा २०७७ फागुन २९ गते शनिबार काभ्रेपलान्चोक जिल्लाको धुलिखेलबाट पनौतीसम्म (करिब १० कि.मि.) "धुलिखेलदेखि पनौतीसम्म एकीकरण मार्ग पदयात्रा-२०७७" कार्यक्रम सञ्‍चालन हुन गइरहेको  जानकारी नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालय गराएकाे छ । 


 नेपाल एकीकरणको समयमा प्रयोग भएका एकीकरण मार्ग तथा कोटहरुको पहिचान‚ संरक्षण‚ सम्बर्धन गर्दै सैनिक इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने गरिएको पदयात्रा कार्यक्रम कोभिड-१९ को कारण गत बर्ष स्थगन भएकोमा यस बर्षबाट पुन: निरन्तरता दिन लागिएको नेपाली सेनाले बताएकाे छ  । 


 स्थानीय समाजसेवी, सरकारी तथा गैर सरकारी कर्मचारीहरु, स्थानीय क्लब तथा समूहहरु समेतको सहभागिता रहने उक्त पदयात्राले राष्ट्रिय एकता, सैनिक ईतिहास एवं पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 


 

प्रतिकृया दिनुहोस