• शुक्रबार-चैत-१६-२०८०

निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान 

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरे पनि घोषित मितिमै हुनेमा संशय छ । यस्तो संशय पैदा हुनुको दुई कारण छन् ।


पहिलो, प्रतिनिधिसभा विघटनबारेको फैसला अझै आएको छैन । अर्को, नेकपाको आधिकारिकता विवाद जहाँको तहीँ छ ।


अदालतले विघटन गरेको अवस्थामा निर्वाचनको औचित्य समाप्त हुने र आधिकारिकता विवाद टुंग्याउन समय लाग्ने भएकाले वैशाखमै चुनाव गर्न समय अपुग हुने देखिन्छ । 


विद्यमान यी दुई अवस्थाले घोषित मितिको निर्वाचन तयारीमा रफ्तारमा जुट्न अवरोध पुगिरहेको छ । तर यी विद्यमान अवस्थालाई किनारा लगाएर निर्वाचन आयोग भने तयारीमा जुटेको छ । 

 

आयोगले चुनावका लागि आवश्यक सामग्री फास्ट ट्रयाकबाट खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।

 

 मंगलबार एक सूचना जारी गर्दै आयोगले ११ किसिमका निर्वाचन सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको हो । 

 

बोलपत्रमार्फत खरीद गर्न लागिएका सामग्रीमा मतपेटिका स्टिकर, परिचयपत्र, सुरक्षण सिल र रवर म्इाट, स्वस्तिक छाप (रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरालगायत छन् । 

 

टेन्डर प्रक्रियामा सहभागी हुन आयोगले ७ दिनको समय दिएको छ । आयोगका अनुसार, ०७७ फागुन १८ गतेभित्र बोलपत्रसम्बनधी कागजात आयोगको जिन्सी फाँटमा बुझाउनुपर्छ । सोही दिन १ बजे बोलपत्र खोलिनेछ । 

 

प्रतिकृया दिनुहोस