• शुक्रबार-बैशाख-१४-२०८१

चिनिया रक्षामन्त्री जनरल वेई फेङ्हे समक्ष  ग्रेटर मोर्चाद्वारा चार बुँदे ध्यानाकर्षण

 


काठमाडाैं । छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री जनरल वेई फेङ्हेको २९ नोवेम्बर, २०२० मा हुने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक  प्रेसविज्ञप्ति प्रकाशित गर्दै चार बुँदे माग प्रस्तुत गरेकाे छ । ती चार बुँदे प्रेसविज्ञप्ति निम्न रहेका छन् । 

 

१. छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री जनरल वेई फेङ्हेको भोलि २०७७ मङ्सिर १४ गते हुने औपचारिक भ्रमणप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा गम्भीर उत्सुकता र प्रसन्नता व्यक्त गर्दै चिनियाँ रक्षामन्त्रीको हार्दिक स्वागत गर्दछ ।


 २. नेपाल र चीन बीचको परम्परागत सुमधुर सम्बन्धका पृष्ठभूमिमा नेपालले अपनाउँदै आएको एकचीन नीति चीनको भौगोलिक अखण्डता र एकताप्रति नेपालको सम्मान हो र यसको निरन्तरतामा मात्रै दुवै देशको हित हुने भएकाले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा एकचीन नीतिको दृढतापूर्वक समर्थन र सम्मान गर्दछ । 


३. ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा हामी नेपाली जनता २०१५ मे १५ को प्रधानमन्त्रीस्तरीय चीन-इन्डिया संयुक्त विज्ञप्तिको बुँदा नं. २८ लाई चीन सरकारले अविलम्ब सच्याओस् भन्ने माग फेरि दोहोर्याउँदै लिपुलेक भन्ज्याङबाट चीन र इन्डियाले सीमापार व्यापार गर्ने कुराले नेपाली जनताको मन भित्रैदेखि दुखेको स्मरण गराउन चाहन्छ । 


४. दक्षिण एसियामा चीनको दह्रो उपस्थिति र प्रभावकारी भूमिका यस क्षेत्रको सुरक्षा र स्थायित्वका निम्ति अत्यन्त आवश्यक छ भन्ने कुरामा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा जोड दिन चाहन्छ र नेपालको भूमि प्रयोग गरेर चीनको अखण्डता र सुरक्षालाई चुनौती दिन इन्डो-पश्चिमा मुलुकहरूले गर्दै आएको दुष्प्रयासलाई विफल पार्न नेपालले कुनै कसर बाँकी राख्नुहुँदैन भन्ने अडान राख्तछ । 

 

यसै सन्दर्भमा सन् १७९२ मा भएको बेत्रावती सन्धिको धारा ५ मा नेपाललाई बाह्य मुलुकले आक्रमण गरेमा त्यसलाई विफल पार्न चीनले कुनै कसर बाँकी राख्नेछैन भन्ने दृढतालाई समयसान्दर्भिक पारी दुई मुलुकबीचको सुरक्षालाई थप मजबुत बनाउन नेपाल र चीनले अविलम्ब दीर्घकालीन रक्षासन्धि गर्नु आवश्यक छ । 

प्रतिकृया दिनुहोस