काठमाडौंका यी क्षेत्रमा ३ दिन विद्युत् आपूर्ति बन्द
काठमाडौं । साँखु फिडरबाट विद्युत् वितरण गरिएका क्षेत्रमा भोलिबाट ३ दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
साँखु फिडरको मूलपानी ब्रह्मखेल सडक खण्डको मूलपानी पिपलबोटदेखि मूलपानी चौरसम्म एचटी लाइन तान्न लागिएकाले मंसिर १३, १४ र १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको जोरपाटी वितरण केन्द्रले जनाएको छ ।
यो वितरण केन्द्रबाट सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंहपौवा क्षेत्रमा विद्युत् वितरण हुँदै आएको छ । अब दिउँसोको समयमा ३ दिन यी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
अनुमानित समय अगावै आवश्यक काम पूरा भएमा भने पूर्ववत विद्युत् आपूर्ति हुने केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस