• शनिबार-बैशाख-१५-२०८१

बढुवा भएका जर्नेलहरूलाई  प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

 


काठमाडाैं । २०७७ मंसिर ०३ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले  २०७७ मंसिर ०५ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  

 

 उपरथी दर्जामा पदोन्नति भएका उपरथी सन्तोष कुमार ढकाललाई  पूर्वी पृतना हे.क्वा.को पृतनापति तथा उपरथी सहदेव खड्कालाई  राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका ४ जना महा-सेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो । सहायक रथी दर्जामा पदोन्नति भएका ४ जना महा-सेनानीहरुमा दीपेशजंग शाह, कृष्ण जीसी, नवराज गुरूङ्ग र  टंक भट्टराई रहेका छन् । 

प्रतिकृया दिनुहोस