• शनिबार-बैशाख-८-२०८१

प्रधानमन्त्री ओलीबाट भाइटीका ग्रहण, बहिनी कौशल्याबाट दाजु र भाउजुलाई टीका 

तस्वीर–प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ट्वीटरबाट ।

काठमााडौं, १ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाएका छन् । प्रधानमन्त्री ओलीले उनकी बहिनी कौशल्या कोइरालाको हातबाट भाइटीका लगाइएका हुन् । 

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार गएकै कौशल्याले टीका लगाइदिएकी हुन् । 

बिहान ११ः३७ बजेको उत्तम साइतमा ओलीले टीक लगाएका हुन् । कोशल्याले भाउजु राधिका शाक्यलाई पनि टीका लगाइदिएकी छिन् । 

प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौंमा नरहेका कारण बहिनी कौशल्याले मात्र उनलाई भाइटीका लगाइदिएकी हुन् । 

बहिनी कौशल्याले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाएकी छिन् । 

Image

प्रतिकृया दिनुहोस