• शुक्रबार-बैशाख-१४-२०८१

स्वीस सरकार, वान टु वाच, एन एम बि बैंक र लक्ष्मी बैंकका बीच गज्जब सम्झाैता 

कोभिड – १९ पीडित  लघु तथा साना  व्यवसायीहरुका लागि सुखद समाचार 



काठमाडाैं । वान टु वाच, एन एम बि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार बिकास सहयोग एसडिसि बीच लघु, साना तथा मझौला व्यवसायहरु (एमएसएमई) लाई
सहयोग गर्ने साझेदारी सम्झाैता गरिएकाे छ ।


स्वीस सरकार बिकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एन एम बि बैंक र लक्ष्मी बैंक संग साझेदारी गरि कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको हाे । यो कोषको मूल उद्देश्य कोभिड – १९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटोअवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ । यो कोषद्धारा करिब १०० व्यवसायलाई सहयोग प¥याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।


यस अन्तर्गत कोभिड-१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिना सम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरि त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन्। “यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाईपहिचान गरि सहयोग गर्ने  जनाइएकाे छ  । सम्झाैतापछि जारी गरिएकाे प्रेस विज्ञप्तिमा  भनिएकाे छ- ''आशा छ कि यो पहल एक “पायलट/प्रयोगात्मक“ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ” । 


सुमन जोशी, प्रबन्ध निर्देशक, वान टु वाच


“लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन्। यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् नवीनताका चालक हुनुकासाथै नयाँ रोजगारी पनि प्रदान गर्दछन्। तसर्थ, यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियोजग खडा गर्न सकिने छ । लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसिले निजी क्षेत्रसंगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका र्छौं ।” 

 


महामहिम एलिजाबेथ भोन क्यापेलर – नेपालको लागि स्विस राजदूत


“हामी एक खुद तथा एमएसई केन्द्रित बैंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषमपरिस्थितिमा, व्यवसाय र जीविका चलाउन सहयोग पु¥याउने छ । हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पु¥याउने छ ।”


अजय विक्रम शाह, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी बैंक


“एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो । सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिवद्ध छ ।”


सुनील केसी, प्रमुख कार्यकारी अधिकृत, एनएमबी बैंक

 

(कोभिड-१९ एमएसएमई कोषको आवेदन भर्नको लागि यस लिङक https://docs.google.com/forms/d/e/1FAIpQLSca7XjP2yCSJtqIwnKXd6cfctQLgcqGR8DiUHevH1_nAJiTUw/viewform)  मा रहेको आवेदन फारम भर्नुहोस्)

प्रतिकृया दिनुहोस