• सोमबार-कार्तिक-१०-२०७७

 १ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको  यार्चागुम्बा सहित एक जना पक्राउ

 


दार्चुला, २०७७ कात्तिक ३ गते । महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा सहित हुम्ला नाम्खा गाउँपालिका-३ बस्ने ३५ वर्षीय दोकार लामालाई कात्तिक १ गते शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


    जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो ।


    बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस