• बुधबार-बैशाख-१२-२०८१

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष यस टीका नलगाइ दिने 

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा आफन्त तथा शुभेच्छुकहरूलाई टीका नलगाइनदिने भएका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै शाहले यस वर्ष दशैंमा टीका नलगाइदिने निर्णय गरेका हुन् । 


 कोरोनाले निम्त्याएको असहजताका कारण पूर्वराजा शाहले दशैंको टीका नलगाउने निधो गरेको पूर्वराजा शाहको सचिवालयले जनाएको छ ।



विगत वर्षमा शाहले महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूको दर्शन गर्ने गरेका थिए । यस वर्ष शक्तिपीठको दर्शन गर्ने कार्यक्रम पनि शाहले स्थगित गरेका छन् । 

प्रतिकृया दिनुहोस