• बुधबार-बैशाख-१२-२०८१

ग्रोवेल एग्रोभेट भिटामिन भन्दै पानी बेच्दै

ल्याब रिपोर्ट नबुझाई आयात गर्न छुट

 


काठमाडौं । भिटामिनमा निश्चित तत्वहरू हुनुपर्छ । यदि त्यसमा आवश्यक सबै तत्व छैनन् भने त्यो बिक्री–वितरणका लागि अयोग्य हुन्छ । तर नेपाली बजारमा कुखुराको भिटामिनका नाममा पानी बिक्री वितरण हुँदै आएको रोचक तथ्य फेला परेको छ । 


कुखुराको वृद्धि विकासमा प्रयोग हुने ‘ग्रोभिट ए’ नामको भिटामिनमा आवश्यक कुनै पनि तत्व नभएर पानी मात्र भेटिएको हो । ग्रोभिट भारतीय औषधि उत्पादक कम्पनी ग्रोवल एग्रोभेट प्रालिको उत्पादन हो । यसको नेपालस्थित आधिकारिक बिक्रेता यमुना भेट डिष्ट्रिब्युटर हो । यमुनाका सञ्चालक यज्ञराज ढकाल हुन् ।

 

उनी नेपाल पशुपंछी औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । तर उनैले सञ्चालन गरेको डिष्ट्रिव्युटर्सले पानी मात्र भएको गुणस्तरहीन भिटामिन बेचिरहेको छ । ग्रोबलले उत्पादन गर्ने भिटामिन बढी प्रयोग हुनेमध्ये एक मानिन्छ । यसले लाखौं किसान ठगिरहेको देखाउ“छ । 


सामान्यता भिटामिनमा ‘ए प्लामिटेक’को मात्रा प्रतिमिलिलिटर १ लाख आईयू हुनुपर्छ । तर ग्रोबलले नेपालमा बिक्री वितरणका लागि पठाएको कुखुराको भिटामिनमा २६३६.१४६ आईयू (करिब २.६ प्रतिशत) मात्र देखाएको छ । राजधानीस्थित ज्येष्ट ल्याबरोटोरिज एण्ड रिसर्च सेन्टर प्रालिमा गरिएको परीक्षणमा भिटामिन गुणस्तरहीन भएको रिपोर्ट आएको हो । यसले लेबलमा भिटामिन लेखिए पनि त्यो पानी मात्र भएको पशुपंक्षीसम्बन्धी चिकित्सकहरू बताउ“छन् । 


ल्याब रिपोर्ट नबुझाई आयात 


कुनै पनि फिड सप्लिमेन्ट, भिटामिन आयात गर्न उत्पादन गर्ने देशको मान्यता प्राप्त प्रयोगशालाको ल्याब रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । आयातकर्ताले पनि नेपाल सरकारद्वारा मान्यता प्राप्त प्रयोगशालाबाट गुणस्तर प्रमाणित गरिएको ल्याब रिपोर्टसमेत समावेश गरेर निवेदन दिनुपर्ने कानुनी प्रावधान छ । दुवैतर्फको ल्याब रिपोर्टको नतिजा सही आएपछि मात्र त्यस्तो सप्लिमेन्ट वा भिटामिन आयात गर्ने अनुमति दिइन्छ ।


तर यो भिटामिनलाई भने ल्याब रिपोर्ट पेस नगरी बिक्री–वितरणको अनुमति दिएको पाइएको छ । पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले कानून मिचेर गुणस्तरहीन भिटामिन बिक्रीका लागि अनुमति दिएको हो । यसले भिटामिनको बिक्री वितरणमा सरकारी अधिकारीकै संलग्नता हुनसक्ने आशंका बढाएको जानकारहरू बताउ“छन् । 


भिटामिन गुणस्तरहीन भएको ल्याब रिपोर्टले देखाए पनि त्यही यमुना भेट डिष्ट्रिब्युटरलाई आयातका लागि पुनः अनुमति दिइएको छ । राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले पुनः त्यही गुणस्तरहीन भिटामिन आयात गर्न यमुनालाई नै अनुमति दिएको हो । स्रोतका अनुसार, यमुना भेटले चालू आर्थिक वर्षमा उक्त औषधिको आधिकारिक बिक्रेता हुन ०७७ साउनमा अनुमति लिएको छ । 
 ।
---

प्रतिकृया दिनुहोस