• शुक्रबार-बैशाख-१४-२०८१

कालीकोटमा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु 

काठमाडौं । कालीकोटको महाबै गाउँपालिका–३, नकुमा पहिरोले एक घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । बिहीबार राति खसेको पहिरोले सोही वडाका वडासदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी रहेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, कालीकोटले घटनाको पुष्टि गर्दै ४ जना एकै परिवारको र २ जना छिमेकी भएको बताएको छ । 

प्रतिकृया दिनुहोस