अब तीन दिनपछि प्रहरीमा २८ औं नयाँ आईजीपी
काठमाडौं । २०७७ असार २४ गतेपछि नेपाल प्रहरीले नयाँ प्रहरी महानिरीक्षक पाउँदैछ । हालका आईजीपी ठाकुर ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण २०७७ असार २४ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सरकारले २०७७ असार २४ गते भित्रै निर्णय गरेमा २०७७ असार २५ गतेबाट नेपाल प्रहरीले २८ औं आईजीपी पाउने छ ।
नया“ प्रहरी महानिरीक्षक (आईजीपी)का लागि मुख्य रूपमा २ जना एआईजीपीहरूको चर्चा चलिरहेको छ । २ जना एआईजीपीहरूका साथै अन्य तीन जना डीआईजीपी पनि एआईजीपीका लागि प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका छन् ।
सरकारले चाहेमा एआईजीपी मध्येबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था भएकाले आईजीपीको मुख्य प्रतिस्पर्धामा एआईजीपीद्वय शैलेस थापा क्षेत्री, हरि वहादुर पाल देखा परेका छन् । अब रिक्त हुने एआईजीपीको दुई पदमा भने डीआईजीपीहरू निरज शाही, प्रद्युमन कार्की र विश्वराज पोखरेल रहेका छन् ।
तीन डीआईजीपीहरू मध्येबाटै एआईजीपी जो हुन्छ तिनै मध्येबाट २०७९ वैशाखमा आईजीपीको बस्ने छन् । तीन डीआईजीपीहरू निरज शाही, प्रद्युमन कार्की र विश्वराज पोखरेल मध्ये दुई जना २०७७ असार २५ गतेपछि एआईजीपी बन्ने चाहिं पक्कापक्की छ ।
गृह स्रोत भन्छ, ‘अनहोनी’ भए मात्र नत्र वरिष्ठ एआईजीपीबाटै आईजीपी बन्ने सम्भावना रहेको छ । यस अघि एक नम्बरमा रहेका डीआईजीपी नवराज सिलवालको पालामा तात्कालीन शेरवहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेसको सरकारले प्रहरी महानिरीक्षकको लागि वरिष्ठ मिच्ने दुष्प्रयास गर्दा अति नै बद्नाम भएकाले केपी ओलीको सरकारले फेरि त्यस्तो दुर्घटना निम्त्याउने सम्भावना एकदमै कम रहेको स्रोत बताउँछ ।
२०७७ असार २४ गतेबाट आईजीपी ठाकुर ज्ञवाली र प्रहरी तालिम केन्द्रमा कार्यरत एआईजीपी तारिणी प्रसाद लम्साल अवकास भएर रिक्त हुने २ एआईजीपी पदमा निरज शाही, प्रद्युमन कार्की र विश्वराज पोखरेल मध्ये दुई जनाले पदोन्नति पाउँने छन् ।
अनि निरज शाही, प्रद्युमन कार्की र विश्वराज पोखरेल मध्ये दुई जना जो जो एआईजीपीमा बढुवा हुन्छन्, तिनै २ जना मध्ये एकजना २०७९ वैशाख १७ गतेपछि नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक बन्ने सम्भावना रहन्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, भावी आईजीपीका लागि अनेक चर्चा चलेतापनि प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका, व्यवसायिक रूपमा प्रतिबद्ध, कुनै विवादमा नपरेका हाल एक नम्बरमा रहेका वरिष्ठ एआईजीपी शैलेश थापा क्षेत्री नै ठाकुर ज्ञवाली अवकासपछि २८ औं प्रहरी महानिरीक्षक बन्ने सम्भावना रहेको छ ।
नम्बर दुईमा रहेका एआईजीपी हरि पाल पनि आफ्नो व्यावसायिक योग्यता, क्षमताको मूल्यांकन गम्भीर ढंगले होस् भन्दै सम्बन्धित सरोकारवालाहरुसंग भावी आईजीपीको दावी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस