कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेसँगै उनलाई रिहा गरिएको हो ।
गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा अधिकारी पक्राउ परेका थिए ।
सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाए पनि सोही प्रकरणमा अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस