• बुधबार-बैशाख-२६-२०८१

चिल्लो खानाले बढाउँछ थकान

 

फ्याट अर्थात् चिल्लो पदार्थयुक्त खानाले मानिसको सतर्कता क्षमतालाई प्रभावित पार्दछ । यसले मानिसमा थकान पैदा गर्ने कुरा अमेरिकामा भएको एक अध्ययनले खुलासा गरेको छ । यस्तो नतिजाले चिल्लो पदार्थयुक्त भोजन लिने मानिसहरूलाई बढी मात्रामा निद्रा लाग्ने, मन्द बनाउने विभिन्न असरहरूबारे खुलस्त गरेको छ । कार्बाेहाइडे«टयुक्त भोजनले मानिसमा सतर्कता बढाउने तथा प्रोटिनको मानिसको सतर्कताप्रति कुनै सम्बन्ध नरहेको कुरा पनि अध्ययनले खुलासा गरेको हो । 


‘साइन्स डेली’ पत्रिकामा छापिएको यस अध्ययनका मुख्य शोधकर्ता अलेक्जेडर्स वगोनटाज्सका अनुसार चिल्लो पदार्थयुक्त खानाले स्वस्थ तथा साधारण मानिसको सतर्कता तथा चलाख क्षमतामा एकदमै खराब असर गर्दछ । अहिलेको आधुनिक विश्वमा अनिद्रा तथा थकान सामान्य भइसकेको छ  । यसले ठूलो असर गर्न सक्ने र यस्ता समस्याहरू वृद्धि भइरहेको पनि शोधकर्ता बताउँछन् । उच्च चिल्लो पदार्थ पाइने भोजनले सतर्कता क्षमतामा एकदमै कम गर्ने र काम गर्ने क्षमता र योग्यतालाई प्रभाव पार्दछ । 
 

प्रतिकृया दिनुहोस