• शुक्रबार-बैशाख-१४-२०८१

सुत्केरीको मृत्यु

 

म्याग्दी, कात्तिक २६ । म्याग्दीको धौलागिरि  गाउँपालिका–२ लुलाङमा आज एक सुत्केरीको मृत्यु भएको छ । ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ । 


    
    प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो । विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माउननुभएको थियो । आज बिहान सामान्य अवस्थामा घर जानुभएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताउनुभयो । 

 

    धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाउनुभएको थियो । पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिकृया दिनुहोस