• बुधबार-माघ-२-२०८१

२८ बेशिक र २९ बेशिकका समेत ५ महासेनानीहरु एकैलटमा बढुवा 

 


काठमाडौँ, २३  असोज । नेपाली सेनाका महासेनानीहरु एकैलटमा ५ जना सहायक रथीमा बढुवा भएको सैनिक स्रोत बताउछ।  मन्त्रिपरिष्दको  २०७६ असोज १७ गतेको निर्णय अनुसार बढुवा हुने महासेनानी मध्ये कोही सैनिक सहचारी रहेका, कोही संयुक्त राष्ट्र संघको शान्ति मिशनमा खटिएका  र कोही खटिएका तर, गइनसकेका २८ र २९ बेशिकका रहेका छन्। 


२८ बेशिकबाट  सहायक रथीमा  बढुवा भएर अब अनुकुलता अनुसार, दर्ज्यानी चिन्ह लगाउन पाउने भाग्यमानी  महासेनानीहरुमा   एक नम्बरमा कुमार बाबु थापा(हाल सैनिक सहचारी बेलायत), दुई नम्बरमा मदन केसी, (शान्ति मिशन अबजर्भर, साउथ सुडान),आर्मी हेडक्वाटर मै रहेका  अनुपजंग थापाले चाहिं २०७६ असोज १७ गते नै सहायकरथीको दर्ज्यानी चिन्ह लगाई सकेका छन्। 


  सहायकरथीमा बढुवा हुनेहरुमा २९ बेशिकको भएतापनि प्रकाश देउजाले चाहिं आफ्नो बेशिकाकालाई  पाखा पार्दै २८ बेशिकमा छिर्ने सफल महासेनानी भएका छन्।  हाल बंगलादेशमा सैनिक सहचाहरी रहेका  हाल बंगलादेशमा सैनिक सहचाहरी रहेका विनोद खरेल पनि सहायकरथीमा बढुवा भएका छन्। 

प्रतिकृया दिनुहोस