• शुक्रबार-बैशाख-१४-२०८१

गुड कोलेस्ट्रोलले घटाउँछ मोटोपन

 

 

गुड कोलेस्ट्रोलले शरीरको मोटोपन घटाउन मद्दत गर्दछ । जानौं, केही यस्ता भोजनहरू जसबाट पर्याप्तरुपमा गुड कोलेस्ट्रोलको मात्रा बढाउन मद्दत गर्दछन् । 


बदाम, गेडागुडी तथा दालहरू 
दानायुक्त तथा दालजस्ता प्रकारहरूमा शरीरलाई चाहिने असल कोलेस्ट्रोलेको मात्रा बढी हुन्छ जसले खराब कोलेस्ट्रोलको मात्रालाई हटाउन मद्दत गर्दछ । दैनिकरुपमा भोजनमा २० प्रतिशत यस्ता खाद्यपदार्थहरू प्रयोग गर्न सकेमा खराब कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न सकिन्छ र साथसाथै तौल घटाउन पनि मद्दत मिल्दछ । त्यस्तै बदाममा ओमेगा–३ एसिडको मात्रा राम्रो हुने भएकाले शरीरमा असल कोलेस्ट्रोलको मात्रा बढाउने र शरीरबाट बढी मात्राको चिल्लोपना घटाउने गर्दछ ।


जौ :

  जौ मा बिटा–ग्लूकोन्सको मात्रा बढी हुने भएकाले यसले शरीरमा गुड कोलेस्ट्रोलको मात्रालाई बढावा दिन्छ र खराब कोलेस्ट्रोलको स्तरलाई कम गर्दै लैजान्छ । त्यसैले भोजन अनुसन्धानकर्ता तथा विशेषज्ञहरू यसलाई लिन सल्लाह दिन्छन् । 

 

प्याज तथा लसुनहरू
प्याज तथा लसुनमा यस्तो धेरै तत्वहरू पाइन्छ जसले खराब कोलेस्ट्रोलको स्तरलाई एकदमै कम गर्नुका साथसाथै असल कोलेस्ट्रोलको मात्रलाई वृद्धि गर्दछ । अनुसन्धानकर्ताहरूका अनुसार दैनिक ३ वटा दाना लसुन एक महिनासम्म खानाले २३ प्रतिशत असल कोलेस्ट्रोलको मात्रा वृद्धि हुन्छ । 


माछा 
माछामा ओमेगा–३ लगायत फयाट्टि एसिडको मात्रा भरपुर हुन्छ जसले शरीरमा असल कोलेस्ट्रोलको मात्रालाई वृद्धि गर्दछ एवं शरीरमा चिल्लो पदार्थलाई जम्न दिँदैन ।

 

भिटामिन सी तथा ई पाइने फलफुल तथा तरकारी
भिटामिन सी ले शरीरमा असल कोलेस्ट्रोलको मात्रालाई वृद्धि गर्दछ भने भिटामिन ई ले खराब कोलेस्ट्रोलको मात्रालाई रोक्ने गर्दछ । सुन्तला, अंगुर, स्ट्रबेरी, फूलगोभी, काउली, ब्रोकाउली आदिको प्रयोगले असल कोलेस्ट्रोलको मात्रालाई वृद्धि गर्दछ । 

प्रतिकृया दिनुहोस