• शुक्रबार-बैशाख-१४-२०८१

नक्कली सुन बिक्री गरी ठगी गर्ने पक्राउ

 

मोरङ, २५ भदौ । सक्कली सुन भनी नक्कली सुन बिक्री गरी ठगी गर्ने बुढिगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका संचालक विराटनगर महानगरपालिका–४ बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  

 

 

    स्वर्णकारले विभिन्न मितिमा, विभिन्न समस्या देखाएर नक्कली सुनका गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर व्यक्तिहरुलाई ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

 

स्वर्णकारले विभिन्न व्यक्तिहरुबाट करिब ८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस