काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् ।
समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ ।
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको सानदार जित निकालेको थियो ।
दोस्रो सेमिफाइनल पनि आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो । प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।
प्रतिकृया दिनुहोस