• शनिबार-बैशाख-१५-२०८१

मधुमेहबाट राहत पाउन दही खाऔं

 

अमेरिकाको डाइट्री गाइडलाइनका अनुसार, मधुमेहका बिरामीका लागि दही खानु एकदमै फाइदाजनक हुन्छ, किनकि यसमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने प्राकृतिक तत्व रहेको हुन्छ । यसमा क्याल्सियम तथा भिटामिन डीको मात्रा पनि पर्याप्त हुन्छ । यस बाहेक यसमा पोटासियम तथा प्रोटीनको मात्रा पनि प्रशस्त हुने गर्दछ । दहीले शरीरमाा चिनीको मात्रा कम गर्नुका साथसाथै अन्य बहुआयामिक फाइदा गर्छ ।

 

दहीमा एक प्रोबायोटिक तत्व पनि हुने गर्दछ, जसले शरीरको आन्तरिक सुजन अन्त्य गर्दछ । आन्तरिक सुजन टाइप २ मधुमेहका बिरामीका लागि एउटा ठूलो समस्या हो । यसले हृदयघातको खतरासमेत बढाउँछ । दहीको सवन मधुमेहका रोगीलाई विभिन्न रोगबाट बचाउन मद्दत गर्दछ । खानका लागि बजारमा पाउने गुलियो र चिल्लो दही भन्दा सामान्य गुलियो नहालेको दही जुन चिल्लो कम या चिल्लो नभएको उपयुक्त हुने गाइडलाइन्सले सल्लाह दिएको छ । 

 


कसरी खाने दही : दहीलाई अझ स्वस्थकर र राम्रो बनाउनका लागि अन्य चिजहरू पनि मिलाएर खान सकिन्छ । जस्तै :

 
१. काजु, बदाम, ओखर, पिस्ता, जौं आदि
२.बिउ : सूर्यमुखीको बिउ, फर्सीको बिउ, चियाको बिउ
३. किसमिस, हलुवावेद

 

प्रतिकृया दिनुहोस