• शुक्रबार-बैशाख-७-२०८१

मकाउको पाँचौँ प्रमुख प्रशासकमा ह यि छङ निर्वाचित


मकाउ, ८ भदौ  : मकाउ बिशेष प्रशासनिक क्षेत्रको पाँचौँ प्रमुख प्रशासकका रूपमा ह यि छङ निर्वाचित भएका  छन् ।

 

सम्पन्न व्यापारी परिवारमा सन् १९५७ मा मकाउमा जन्मिएका ह ले सन् २००४ देखि २००९ सम्म मकाउको कार्यकारी परिषद्का सदस्यका रूपमा काम गरेका  थिए भने सन् २०१३ र सन् २०१७ कोे अक्टोबरमा दुई पटकसम्म व्यवस्थापिका संसदको अध्यक्ष निर्वाचित भएका  थिए ।

 

चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको उप प्रमुख र स्थायी समिति सदस्यसमेत बनेका उनले निर्वाचन लड्ने भएपछि स्थायी समितिबाट राजिनामा दिएका  थिए  ।

 

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले आइतबार नै ह मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासक निर्वाचित भएकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका  छन्  ।

 

प्रवक्ता याङले प्रमुख प्रशासकको निर्वाचन “जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन“ र मकाउ विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनबमोजिम गरिएको बताउँदै यस पटकको निर्वाचनले खुलस्त, न्यायिक र निष्पक्ष सिद्धान्त देखाएको कुरा बताए ।

 

प्रवक्ता याङकाअनुसार, केन्द्रीय सरकारले निर्वाचनसम्बन्धी मकाउ विशेष प्रशासनिक क्षेत्रको प्रतिवेदन पाएपछि कानूनबमोजिम नियुक्तिको कार्यलाई कार्यान्वयन गरिनेछ । एजेन्सी 

प्रतिकृया दिनुहोस