• शुक्रबार-चैत-१६-२०८०

 छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न दुई सय ७२ साइकल


गौशाला, ३ भदौ : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महोत्तरीका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेका  छन् ।  भदौ ३ गते  दिउँसो महोत्तरीका विभिन्न स्थानमा जानुभई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सो साइकल वितरण गरिएका हुन् । 

 

आजै एकै दिनमा जिल्लाको सरपल्लोमा ७५, मनरामा ४०, गैँडाभेटपुरमा ५२ र रामगोपालपुरमा १०४ गरी २७१ छात्रालाई जनही एक थानका दरले साइकल वितरण गरेका हुन् । कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए ।  रासस
 

प्रतिकृया दिनुहोस